चलचित्र ‘रंगी’ निर्माण गर्दै सलोन
सलोन सलिना फिल्मस् प्रालिको व्यानरमा चलचित्र ‘रंगी’ निर्माण हुने भएको छ । सलोन बस्नेत प्रस्तुतकर्ता रहने चलचित्रमा सुरेश न्यौपानेको ‘डेब्यू’ निर्देशन रहनेछ ।
निर्देशक न्यौपानेसँग चलचित्र ‘छक्का पन्जा’, ‘ए मेरो हजुर २’, ‘यात्रा’, ‘म यस्तो गीत गाउँछु २’, ‘कृ’लगायतका चलचित्रमा मुख्य सहायक निर्देशनको अनुभव छ ।
निर्माण पक्षले चलचित्रको टाइटल पोस्टर सार्वजनिक गरेको छ । जहाँ साइकलमा बसिरहेकी एक बालिका र उनीसँग खेल्दै गरेका एक पुरुष देखाइएको छ । उनीहरु बाबु छोरी रहेको अनुमान लगाउन सकिन्छ । पृष्ठभूमिमा सूर्यास्त हुँदै गरेको देखाइएको छ । चलचित्रले बाबु छोरीको कथालाई चित्रण गर्ने अनुमान गर्न सकिन्छ ।
सक्षम सुवेदीको निर्माण रहने चलचित्रमा सुमन गजमेरको लेखन छ । चलचित्रमा सौरभ लामा छायाकारका रुपमा अनुबन्धित भइसकेका छन् । चलचित्रका लागि कलाकार फाइनल भइसकेका छैनन् ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
