नामकै कारण रोकियो ‘रंगेली’को सेन्सर

नामकै कारण चलचित्र ‘रंगेली’ केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)मा रोकिएको छ । शुक्रबार सेन्सर बोर्डले चलचित्रको नाममा आपत्ति जनाउँदै सेन्सर पासको प्रमाणपत्र दिन अस्वीकार गरेको छ ।
फागुन २५ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्रको शीर्षकको संवेदनशीलतालाई हेरेर सेन्सर बोर्ड थप छलफलमा जुटेको एक सदस्यले जनाएका छन् । बुझ्नमा आए अनुसार बोर्डले चलचित्र छायाँकन गरिएको रंगेली नगरपालिकाको सहमति पत्र खोजेको छ । शुरुमा ग्याङ्गस्टार रंगेली नाम राखिएकोमा केही समयअघि चलचित्रको नाम फेरेर ‘रंगेली’ मात्र राखिएको थियो ।
अर्जुन सुवेदीले लेखन तथा निर्देशन रहेको चलचित्रमा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताल लगायतका कलाकारको अभिनय रहेको छ ।
जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा कार्यकारी निर्माता रहेको चलचित्रका निर्मातामा संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ रहेका छन् । यस्तै युवक कार्की र शिव शंकर चौलागाईं सहनिर्माता र विवेक खड्का (योलो) एशोसियट निर्माता हुन् ।
Latest Updates
-
-
-
-
-
भीपीसी शुल्क २५ प्रतिशत घटाउन निर्माता संघ र डीसीएन बिच सहमत
-
‘परालको आगो’मा कालजयी गीत ‘उडिजाउं भने म पन्छी हैन’ समाबेश हुने
New Releases (Jestha 23)
-
Jante Bakhro
Director : Simosh Sunuwar
Casts : Saugat Malla, Aasif Shah, Garima Sharma, Lokendra Lekhak, Bishal Pahadi
Next Releases (Jestha 30)
-
Mahabhoj
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Dayahang Rai, Khagendra Lamichhane, Malika Mahat, Gaumaya Gurung -
Viral Gorkhey
Director : Nigam Shrestha
Casts : Saugat Malla, Shristi Shrestha, Buddhi Tamang, Laxmi Giri, Rajaram Poudyal