‘प्रेमगीत ३’ विश्वभर प्रदर्शन
चलचित्र ‘प्रेमगीत ३’ शुक्रवारबाट प्रदर्शनमा आएको छ । हिन्दी भाषामा समेत डब भएको चलचित्र शुक्रबारबाटै विश्वभर प्रदर्शनमा आएको हो ।
चलचित्र शुक्रबार नेपालमा नेपाली भाषामै प्रदर्शन भएको छ भने सोमबारबाट हिन्दी भाषाको डब चलचित्र पनि प्रदर्शन हुने जनाइएको छ । चलचित्रको अग्रिम टिकट बुकिङ आक्रामक छ । वितरकहरुले यो चलचित्रले नेपाली बक्स अफिसमा नयाँ रेकर्ड राख्ने आँकलन गरिरहेका छन् । देशभरका अधिकांश सिंगल हलमा एकलौटी जस्तै देखिएको चलचित्रले मल्टीप्लेक्सहरुमा सर्वाधिक शो पाएको छ ।
स्वर्गिय छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गरेको चलचित्रमा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, मनिष राउत, अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरी, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, योगिशा खत्रीलगायतका कलाकारको अभिनय छ । छेतनकै लेखन रहेको चलचित्रमा राजेश श्रेष्ठको छायाँकन रहेको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
