‘प्रेमगीत ३’ को दोस्रो गीत सार्वजनिक
यो बर्षको प्रतिक्षित चलचित्र ‘प्रेमगीत ३’ को दोस्रो गीत सार्वजनिक गरिएको छ । महाशिवरात्रीको अवसर पारेर सार्वजनिक गरिएको गीतमा प्रताप दास र प्रविशा अधिकारीको स्वर, राजेश कुमार श्रेष्ठको शब्द र एलिश कार्कीको संगीत छ । गीतमा चलचित्र चलरअचल दृश्यहरु समावेश छन् ।
चलचित्रमा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, अनुभव रेग्मी, सम्वृद्धि सम्वृद्धि शाही ठकुरी, शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, योगिशा खत्री, क्रिजन गौतम, जीवन भट्टराईलगायतका कलाकारको अभिनय रहेको छ ।
डेढ सय वर्ष अगाडिको प्रेमकथा भन्ने चलचित्रलाई छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गरेका हुन् ।
चलचित्रमा राजेश श्रेष्ठले छायाँकन, हिमाल केसीको एक्सन, कविराज गहतराजको कोरियोग्राफी, कल्याण सिंह र एलिश कार्कीको संगीत, छेतेन गुरुङ र मन्दीप गौतमको लेखन र बनिश शाह रभुपेन्द्र अधिकारीको सम्पादन रहेको छ । चलचित्र चैत २८ गतेबाट प्रदर्शनमा आउँदैछ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
