‘रावायण’को ‘आलम’ पात्रलाई लिएर उत्साहित अग्रहरी

कलाकार प्रमोद अग्रहरी यहि शुक्रबारबाट रिलिज हुने चलचित्र ‘रावायण’मा ‘आलम’ चरित्र लिएर दर्शकमाझ आउँदैछन् । निर्देशक सुदर्शन थापासँग प्रमोदको ‘चंखे शंखे पंखे’ पछि दोस्रो सहकार्य हो ।
चलचित्रमा प्रमोदले मुस्लिम समुदायको प्रतिनिधित्व गरेका छन् । ‘मसँग सुरुमा सम्झौता हुँदा ‘काल्का’ चरित्रको लागि भएको थियो । त्यो चरित्रका लागि सबै लुक्स बनाएँ, तर पछि उहाँहरुबीच के भयो को नि, मलाई काल्का भन्दा आलमको क्यारेक्टर गर्नुपर्यो भन्नुभयो । सुदर्शनजीले ‘त्यो क्यारेक्टर गर्ने कोही पनि क्यारेक्टर मैले भेटिन’ भनेपछि मैले त्यसमा सहमति जनाएँ । सुदर्शन मेरो मिल्ने साथी पनि हो । हाम्रो कमै भेट भए पनि एकअर्का प्रति रेस्पेक्ट छ’, प्रमोद भन्छन् ।
उनले आफू पछि हटेर कुनै राम्रो चरित्र बन्छ भनेर आफू अर्को क्यारेक्टरमा गएको खुलाए । ‘मेरो लागि काल्का, आलम अथवा सबै क्यारेक्टर स्क्रिनमा आउँछन् भने पावरफूल नै लाग्छ । निर्देशकले त्यो क्यारेक्टरलाई कसरी पोट्रे गर्छ, त्यो क्यारेक्टरले के बोल्न खोजिरहेको छ, समाजमा त्यसले के भन्न खोजिरहेको छ भन्ने कुरा देखाउन सकियो भने त्यो पावरफूल मान्छु । चाहे उसको दृश्य एउटा मात्र होस् या चलचित्र भरी नै’, प्रमोदको भनाई छ ।
प्रमोद हिमाली अथवा पहाडी चरित्रमा आफूलाई दर्शकमाझ देखाउन चाहन्छन् । तर, उनकै भनाईमा यस्तो स्क्रिप्ट अहिलेसम्म उनको हातमा परेको छैन । ‘मैले मधेसी क्यारेक्टरमा धेरै भेरिएसनमा काम गरेको छु । एउटा खलपात्रमा यति धेरै भेरिएसनमा कसैले काम गर्यो होला भन्ने मलाई लाग्दैन । जो मान्छे एउटै क्यारेक्टरमा फरक–फरक काम गर्न सक्छ भने त्यो त झन् मेरा लागि चुनौती र रमाइलो कुरा हो’ प्रमोद भन्छन्, ‘उहाँहरुले मलाई जहिल्यै तराईकै क्यारेक्टरमा दिइरहँदा चित्त बुझेको छैन् । मलाई पहाड, हिमालको क्यारेक्टर गर्न मन लाग्छ । आफूलाई प्रयोग गर्न मन लाग्छ । तर मेकरले त्यो रिस्क लिन खोज्नुहुन्छ भन्ने मलाई लाग्दैन ।’
Latest Updates
-
-
‘के घर के डेराः घर नं २’ र ‘हेल्लो काँशीराम’ प्रदर्शनमा, दुबै चलचित्रको बुकिङ कमजोर
-
-
-
‘ऊनको स्वीटर’को व्यापार बढ्दो, दर्शकबाट सकारात्मक प्रतिक्रिया
-
छायाँंछवी डि सिने अवार्डः सौगात र केकी उत्कृष्ट अभिनेता–अभिनेत्री
New Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal
Next Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal