‘एक्टर’ फष्टलुकमा प्रदिपका पाँच अवतार
चलचित्र ‘एक्टरः टेक वान’को फष्टलुक पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोष्टरमा कलाकार प्रदीप खड्काका भिन्ना भिननै पाँच अवतार प्रस्तुत गरिएको छ ।
पोष्टरमा घाइते अवतार, नेपाली पोसाकमा सजिएको अवतार, पाइलट अवतार, लामो कपालमा क्याजुल अवतार र हल्का जाडोमा स्वेटर लगाएको पाँच लुकमा प्रदीप फिचर्ड छन् ।
चलचित्रमा दिब्या रायमाझी, आना शर्मा, राजवल्लभ कोइराला, दिव्य देव, सुशील सिटौला उषा रजक, सिर्जना अधिकारी, अनुज पाण्डे, बादल भट्ट, प्रदीप कुमार चौधरी (पीके), देवेन्द्र नेपाललगायतको पनि अभिनय रहेका छन् ।
राजन भुसालको निर्देशन रहेको चलचित्र कात्तिक १५ गते रिलिज हुने जनाइएको छ । अदृत फिल्मस् र मोती फिल्मस्को प्रस्तुतिमा बनेको चलचित्रका निर्माता थमन कुमारी भण्डारी निर्माता हुन् भने लाइन प्रोड्युसरमा तोरन क्षेत्री छन् । आकाश बराल र राजन भुसालले लेखेको चलचित्रलाई नरेन्द्र मैनालीले छायांकन गरेका छन् ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
