‘बद्री बहादुर’को गीत ‘पुलिस दाई’ सार्वजनिक

चलचित्र ‘बद्री बहादुर’मा समाबेश ‘पुलिस दाई’ बोलको गीत सार्वजनिक गरिएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच गीत रिलिज गरिएको हो ।
सार्वजनिक गीतमा अभिनेत्री पूजा शर्मा, अभिनेता सलोन बस्नेतको साथमा चलचित्रका मुख्य कलाकार जयकिसन बस्नेत, राजिव बस्नेत र छुल्ठिम गुरुङलाई फिचर्ड गरिएको छ । पूजा र सलोन चलचित्रको यही गीतमा मात्रै देखिनेछन् ।
गीतमा शिवम अधिकारीको शब्द, टंक बुढाथोकीको संगीत तथा संगीतकार बुढाथोकी र मिलन नेवारको स्वर सुन्न सकिन्छ । शिव विकको कोरियोग्राफी रहेको गीतमा विनोद सापकोटाको छायांकन छ ।
आगामी चैत्र २३ गतेबाट प्रदर्शनमा आउने चलचित्र एवी पिक्चर्स फार्म र सलोन सलिना फिल्मसको ब्यानरमा निर्माण भएको हो ।
चलचित्रका कार्यकारी निर्माता रवि अधिकारी, प्रस्तुतकर्ता विजय गोपाल दली र मिथुन भोटे चलचित्रको निर्माता हुन्् । शोभित बस्नेत निर्देशित चलचित्र काठमाडौं, लमजुङ्ग, धरान र संखुवासभा क्षेत्रमा छायाङ्कन गरिएको हो ।
Latest Updates
-
-
हरर कमेडी जनरामा ‘घोस्टेल’ निर्माण हुन्, सुरजले निर्देशन गर्ने
-
एकपछि अर्को चलचित्र खेल्दै केदार घिमिरे, ‘जहाजैमा’मा अनुबन्धित
-
-
‘रियाल रिङ्गेट’को ओएसटी ‘जिन्दगीः उडी जाने हो कहाँ’ सार्वजनिक
-
New Releases (Jestha 30)
-
Mahabhoj
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Dayahang Rai, Khagendra Lamichhane, Malika Mahat, Gaumaya Gurung
Next Releases (Ashad 27)
-
Yo Mann Ta Mero Nepali Ho
Director : Nar Pradhan (Mitra)
Casts : Wilson Bikram Rai, Buddhi Tamang, Bijay Baral, Roshan Shrestha, Ayusha Samal