‘पोखरेली मसिनो’बाट निर्देशनमा डेब्यु गर्दै छायांकार कार्की र कलाकार गिरीको
छायांकार शैलेन्द्रध्वज कार्की र कलाकार शान्ति गिरीले चलचित्र निर्देशनमा डेब्यु गर्ने भएका छन् । उनीहरुको संयुक्त निर्देशन रहने चलचित्र ‘पोखरेली मसिनो’को सोमबार शुभसाइत गरिएको छ ।
चलचित्रमा धानलाई बिम्बको रुपमा प्रयोग गर्न लागिएको हो । पोखरेली मसिनो धान पोखरा आसपासमा चर्चित धानको नाम हो । बुधबारदेखि पोखराबाट चलचित्रको छायाँकन शुरु हुनेछ ।
आफ्नी छोरीलाई हुर्काउन बाबुले गरेको सघर्षको कथामा बन्ने चलचित्रमा शान्तिकै पटकथा रहने छ । शैलेन्द्र र शान्ति श्रीमान–श्रीमती हुन् । ३० दिनको सेड्यूलमा छायाँकन हुने चलचित्रमा प्रवीण खतिवडा, टीका पहाडी, परिक्षा लिम्बु, अविरलप्रताप अधिकारी, अनिल सुब्बा, अंकित खड्का, सजन थापा, अभय बराल, हिउँवाला गौतमको अभिनय रहनेछ । चलचित्रमा कालिप्रसाद बाँस्कोटाको संगीत रहने छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
