नयाँ वर्षमा ‘पिताम्बर’, पोष्टर रिलिज

कृषा चौलागाई निर्देशित चलचित्र ‘पिताम्बर’को प्रदर्शन मिति घोषणा गरिएको छ । शुक्रबार चलचित्रको एक पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले नेपाली नयाँ वर्षको अवसरमा चैत्र २९ गते ‘पिताम्बर’ प्रदर्शन गर्ने घोषणा गरेको हो ।
पोस्टरमा चलचित्रका मुख्य तीन कलाकार प्रदीप खड्का, सौगात मल्ल र दयाहाङ राई फिचर्ड छन् । रगताम्मे प्रदीपले प्रमुख स्थान पाएको पोस्टरमा आक्रामक शैलीमा बन्दुक चलाइरहेका सौगात देखिन्छन् । दयाहाङको अनुहारमा भने रिस देखिन्छ । शुक्रबार सार्वजनिक पोस्टरले यो चलचित्र एक्सनप्रधान रहेको प्रष्ट भएको छ ।
‘पिताम्बर’स्टार कलाकारहरूको बलियो लाइनअप भएको चलचित्र हो । चलचित्रमा सौगात, प्रदीप र दयाहाङसँगै दिव्या रायमाझि, अनुपविक्रम शाही, सुरक्षा पन्त, प्रमोद अग्रहरी, दिव्यदेव, सुपुष्पा भट्ट, कामेश्वर चौरासिया, गौरव विष्ट, विशाल पहारी लगायतका कलाकारको अभिनय रहेको छ ।
केपी फिल्मसले पुरुषोत्तम प्रधान फिल्मससँग सहकार्य गरेको ‘पिताम्बर’लाई पुरुषोत्तम प्रधानले खिचेका छन् । चलचित्रको निर्मातामा विशाल चौलागाई छन् । चलचित्रमा प्रदीप भारद्धाजको लेखन र हिमाल केसीको द्धन्द्व निर्देशन रहेको छ ।
Latest Updates
New Releases (Jestha 23)
-
Jante Bakhro
Director : Simosh Sunuwar
Casts : Saugat Malla, Aasif Shah, Garima Sharma, Lokendra Lekhak, Bishal Pahadi
Next Releases (Jestha 30)
-
Mahabhoj
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Dayahang Rai, Khagendra Lamichhane, Malika Mahat, Gaumaya Gurung -
Viral Gorkhey
Director : Nigam Shrestha
Casts : Saugat Malla, Shristi Shrestha, Buddhi Tamang, Laxmi Giri, Rajaram Poudyal