Mahajatra

पल भन्छन् – दोषी ठहर भए कानुन बमोजिम सजाय भोग्न तयार छु

२०७८ फागुन १२
पल भन्छन् – दोषी ठहर भए कानुन बमोजिम सजाय भोग्न तयार छु

जबरजस्ती करणी गरेको आरोपमा आफु बिरुद्ध उजुरी परेपछि नायक पल शाहले मुख खोलेका छन् । बिहिबार बिहान सामाजिक सञ्जाल फेसबुक मार्फत शाहले आफु दोषी ठहर भए नेपालको कानुन बमोजिम सजाय भोग्न तयार रहेको जनाएका छन् ।

एक नाबालिकाले उनी माथी बुधबार जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यलय तनहुँमा उजुरी दिएकी छिन ।

पल शाहले आफूमाथि लगाइएको आरोप नियोजित र षड्यन्त्रपूर्ण भएको दाबी गरेका छन् । उनले आफूमाथि लागेको आरोपको खण्डन गर्दै आफु बिरुद्ध आफ्नै नजिकका साथी भाईले नियोजित ढङ्ग षड्यन्त्र गरेको उल्लेख गरेका छन् । पलले ६ वटा अडियो क्लिप पनि सार्वजनिक गरेका छन् । जसमा उनले सांगीतिक क्षेत्रकै चार व्यक्ति आफु बिरुद्ध नियोजित ढङ्गले लागेको पनि जनाएका छन् । पलका अनुसार उनीविरुद्ध षड्यन्त्र गर्नेहरूमा उनका साथी दुर्गेश थापा, सरोज ओली, कृष्ण जोशी र सम्राट चौलागाई रहेका छन् ।