‘परदेशी २’ को छायांकन सुरु
चलचित्र ‘परदेशी २’ को छायांकन सुरु भएको छ । महाशिवरात्रीको अवसर पारेर शुक्रबार शुभ मुहूर्तसँगै छायांकन आरम्भ गरिएको हो ।
नारायण रायमाझीको निर्देशनमा निर्माण हुने चलचित्र ४ वर्ष अगाडिको सुपरहिट चलचित्र ‘परदेशी’को सिक्वेल हो । चलचित्रमा चर्चित लोक गायक प्रकाश सपुत र वर्षा सिवाकोटीको मुख्य भुमिका रहने छ । यसै चलचित्रबाट अभिनेताको रुपमा प्रकाशले डेब्यू गर्न लागेका हुन् ।
चलचित्र ‘परदेशी’मा वैदेशिक रोजगारीको कथा भनेका निदेशक रायमाझीले सिक्वेलमा विदेश पढ्न गएका विद्यार्थीको दुःख र त्यहाँको संघर्ष देखाइने जनाएका छन् । चलचित्रलाई आउँदो बर्ष दशैंको फूलपातीमा प्रदर्शन गर्ने निर्माण पक्षले जनाएको छ ।
Latest Updates
-
प्रदर्शन भयो ‘मिसिङः केटी हराएको सूचना’, प्रिमियरमा सुखद प्रतिक्रिया
-
‘एक्टर: टेक वन’को ‘एक्टिङ कन्टेस्ट’ घोषणा, विजेताले चलचित्रमा अवसर पाउने
New Releases (Magh 11)
-
Missing: Keti Harayeko Suchana
Director : Deependra Gauchan
Casts : Shristi Shrestha, Najir Hussain, Durga Sanjay Gupta, Ram Narayan Thakur, Madan Thakur
Next Releases (Magh 16)
-
Aktor: Take One
Director : Rajan Bhusal
Casts : Pradeep Khadka, Raj Ballav Koirala, Anna Sharma, Divya Rayamajhi, Divya Dev