चलचित्र ‘पहाड’ निर्माणको औपचारिक घोषणा
चलचित्र ‘पहाड’ निर्माणको औपचारिक घोषणा गरिएको छ । तुलसी घिमिरेको निर्देशन रहने चलचित्रको शिर्षक भिडियो सार्वजनिक गर्दै निर्माण घोषणा गरिएको हो ।
माघ ६ गतेदेखि छायांकन गर्ने तयारी रहेको चलचित्रको सार्वजनिक टाइटल मोसनलाई ट्राइडेन्ट भिएफएक्सका सुनिल थापाले तयार गरेका हुन् भने पोस्टर डिजाइन रोयल भीमसेन र ट्राइडेन्ट कन्सेप्टले गरेको हो ।
पछिल्लो समय बढ्दो बसाइँसराइले रित्तिँदै गएको पहाडी भूगोलको कथामा चलचित्र बन्ने जनाइएको छ । विपिन कार्की, मदनकृष्ण श्रेष्ठ, सुनील थापा, अरुण क्षेत्री र पञ्चमी घिमिरेको अभिनय रहने छ । पञ्चमी निर्देशक घिमिरेकी कान्छी छोरी हुन् । उनले यही चलचित्रबाट नेपाली रजतपटमा डेव्यु गर्दैछिन् ।
ओजश्वी केसी निर्माता रहेको चलचित्रमा निर्देशक घिमिरेकै लेखन, प्रमोद प्रधानको डिओपी र रञ्जित गजमेरको संगीत रहने छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
