‘ओभरडोज’ रिलिज, व्यवसायिक शुरुवात खबराब
फ्राईडे रिलिज अन्तर्गत आजबाट नेपाली चलचित्र ‘ओभरडोज’ रिलिज भएको छ । प्रचार प्रसार बिनै हलमा आएको चलचित्रले ओपनिङ डे मा दर्शकको साथ पाउन भने सकेन ।
मल्टीप्लेक्सहरुले शो दिन नै नपत्याएको चलचित्रलाई प्रदर्शन भएका सिंगल थियटरहरुमा दर्शकहरुले पनि पत्याएनन् । चलचित्रले व्यवसायिक शुरुवात खबराब भएको छ ।
सुमन पौडेलको लेखन तथा निर्देशन रहेको चलचित्रलाई अमेरिकामा बस्ने नेपाली युवाहरुले मिलेर निर्माण गरेका हुन् । अमेरिकामा नै छायाँकन गरिएको चलचित्रमा ड्रग्स र अपराधको कथा देखाउन खोजिएको छ ।
दादा प्रोडक्सन हाउसको व्यानरमा निर्माण भएको चलचित्रमा प्रनिश पन्त, सविनजंग थापा, बिना श्रेष्ठ, सदीक्षा कार्की लगायतको अभिनय छ । जीवनकुमार केसी निर्माता रहेको चलचित्रमा गुच्ची भाईको छायांकन र साजन कार्कीको सम्पादन रहेको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
