सूर्य बोहराले ‘ओह प्रिया’ बनाउने

चलचित्र ‘ओह प्रिया’ निर्माण हुने भएको छ । चावहिल गणेशस्थानमा स्क्रिप्ट पूजाका साथ ‘ओह प्रिया’ निर्माणको घोषणा गरिएको हो ।
सूर्य बोहराको निर्देशन रहने चलचित्रलाई हिराल जोशीले निर्माण गर्नेछिन । निर्माता जोशीको जन्मदिनको अवसर पारी चलचित्र निर्माणको घोषणा गरिएको हो ।
सिनेम्याक्स लण्डन, बिरंजना इन्टरटेन्मेन्ट र इएसबि फिल्म नेपालकोे व्यानरमा निर्माण हुने चलचित्रको लेखन पनि बोहराकै हो । सृजना जोशी महर्जन कार्यकारी निर्माता र एलिस अधिकारी लाइन प्रोड्युसर रहेको चलचित्रका गीतमा एलिस कार्कीको संगीत रहने छ ।
नेपालका साथमा वेल्स, स्कटल्याण्ड, लण्डन र क्यानडामा चलचित्रको छायाँकन हुने जनाइएको छ । प्राबिधिक र कलाकारको छनौट कार्य जारी रहेको चलचित्रको प्रदर्शन मिति भने सन् २०२१ को भ्यालेन्टाइन्ड डे अर्थात्, फागुन पहिलो सातालाई तोकिएको छ ।
Latest Updates
-
-
-
गीतमा देखिएको माग्नेको स्वरुप चलचित्रको केन्द्रमा रहेको निर्देशक लामिछानेको भनाई
-
-
‘सिटामोल’को ट्रेलरलाई सकारात्मक प्रतिक्रिया, उत्साहित निर्माण टिम
-
New Releases (Ashad 27)
-
Yo Mann Ta Mero Nepali Ho
Director : Nar Pradhan (Mitra)
Casts : Wilson Bikram Rai, Buddhi Tamang, Bijay Baral, Roshan Shrestha, Ayusha Samal
Next Releases (Shrawn 24)
-
Cetaamol
Director : Raj Bahadur Sane
Casts : Saugat Malla, Benisha Hamal, Shree Krishna Niraula, Januka Bishwokarma, Lokendra Lekhak