‘निर्देशकको यात्रा’ सार्वजनिक
दुई दशकअघि अमेरिकामा प्रकाशित चलचित्र निर्देशन सम्बन्धी पुस्तक ‘डाइरेक्टिङ फिचर फिल्म्स’को नेपाली अनुवाद प्रकाशन भएको छ । चलचित्र ‘महानगर’का निर्देशक मोहन राईले अनुवाद गरेको पुस्तकको शुक्रबार अभि सुवेदी, जोएल हिबोनेट, नविन सुब्बा र सुस्मा राईले संयुक्त रुपमा विमोचन गरे ।
पुस्तक सार्वजनिक कार्यक्रममा बोल्दै युरोपियन युनियनकी उपराजदूत हिबोनेटले चलचित्र सञ्चारको सशक्त माध्यम भएको बताउँदै पुस्तक प्रकाशनले यो माध्यमको शक्तिलाई थप प्रभावशाली बनाउन मद्दत गर्ने धारणा राखेकी छिन ।
‘युरोपियन युनियनले पनि चलचित्रको माध्यमलाई महसुस गरी नेपालमा युरोपियन चलचित्र फेस्टिभल गरिरहेको छ । यस्ता किताबको प्रकाशनले नेपाली चलचित्रकर्मीलाई थप प्रतिस्पर्धी चलचित्र बनाउन मद्दत गर्छ भन्ने विश्वास छ,’ उनले भनिन् । यसैगरी पुस्तक प्रकाशक मिडलवे फिल्मस् कि प्रमोटर सुस्मा राईले मोहन राई आफ्नो भाइ भएको र उसले चलचित्र निर्माणसँगै यसको प्राज्ञिक काममा योगदान गरिरहेको देख्दा असाध्यै खुसी लागेको बताएकी थिइन् । ‘मैले किताब पढ्न पाएको छैन किनकि हिजो मात्र गाउँबाट फर्किएँ । तर मोहनले अनुवाद गरेको यो पुस्तकले हामी जस्ता सरकारी स्कुल पढेर अंग्रेजी भाषा बुझ्न संघर्ष गरिरहेकालाई मद्दत गर्छ भन्ने ठानेकी छु,’ उनले भनिन् ।
कार्यक्रममा निर्देशक नविन सुब्बाले निर्देशन सम्बन्धी आफूले पढेका किताबमध्ये आफूलाई मन परेको किताब मोहन राईले अनुवाद गरेकोमा आफूलाई ईष्र्या लागेको बताउँदै यो किताब अगाडि राखेर मात्र पनि चलचित्र निर्देशन गर्ने हो भने अहिले बनिरहेभन्दा उत्कृष्ट नेपाली चलचित्र बनाउन सकिने धारणा राखेका थिए ।
‘हामी आर्ट सेक्टरमा काम गर्ने मान्छे पढ्ने कुरामा रुची राख्दैनौँ । जन्मजात प्रतिभा लिएर आएका छौँ । मैले किन अरुको कुरा पढ्ने, सिक्ने भन्ने सोच छ । तर विश्वमा धेरै राम्रा राम्रा काम भइरहेका छन् । यो पुस्तक त्यस्ता धेरै राम्रा कामहरूको संश्लेषण हो ’ उनले भने, ‘ जानेको कुरालाई झन् तिखार्नुपर्छ । यसरी तिखार्ने काम यस्तै पुस्तकले गर्छन् ।’
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
