गोसाईकुण्डमा २ दर्जन चलचित्र देखाइने

रसुवा जिल्लाको गोसाईकुण्ड गाउँपालिकामा बिभिन्न चलचित्रको प्रदर्शनी हुने भएको छ । एउटा पनि चलचित्र हल नभएको उक्त जिल्लामा चौथो ‘नेपाल ग्रामीण चलचित्र महोत्सव (NERUFF)’का अवसरमा चलचित्र प्रदर्शन गर्न लागिएको हो ।
आयोजक सेलिब्रेटी नेपालका अध्यक्ष रघुनाथ सापकोटाले मौलिक कथाका चलचित्र प्रदर्शन गर्न लागिएको बताए । वैशाख ४ देखि ६ गतेसम्म गोसाईकुण्ड गाउँपालिकामा आयोजना हुने महोत्सवमा प्रदर्शन गरिने चलचित्रको छनौट अन्तिम चरणमा पुगेको उनको भनाई छ । उनका अनुसार महोत्सवका क्रममा मौलिक कथाका फिचर चलचित्र, छोटा चलचित्र, डकुमेन्ट्री तथा कल्चरल चलचित्रहरु प्रदर्शन गरिनेछ ।
महोत्सवमा चलचित्र र पर्यनका विषयमा अन्र्तक्रिया कार्यक्रम समेत हुनेछ । महोत्सवमा चलचित्र पर्यटन र ग्रामीण कथालाई समेटेर विभिन्न संवाद कार्यक्रमहरु पनि आयोजना हुने अध्यक्ष सापकोटाले जनाए । साथै स्थानीय कला संस्कृतिको प्रचार प्रसार गरिने पनि सापकोटाले बताए ।
महोत्सवमा करिव २ दर्जन चलचित्र देखाउने र सम्बन्धित चलचित्रका चलचित्रकर्मीले स्थानिय दर्शकसँग अन्तरक्रिया पनि गर्नेछन् । महोत्सवमा करिब ४ हजार दर्शक उपस्थित गराउने लक्ष्य आयोजकको छ ।
महोत्सवमा चलचित्र विकास बोर्डले सहकार्य गरेको छ । गोसाईकुण्ड गाउँपालिका रसुवाले बार्षिक रुपमा आयोजना गर्दै आएको चौंथो पालिका कप भलिबल प्रतियोगिता पनि यही महोत्सवका बिचमा हुने भएको छ । खेललाई पनि चलचित्र जोड्न एकसाथ कार्यक्रम गर्न लागिएको जनाइइको छ । रसुवा जिल्लाको पर्यटन प्रवर्धनमा यस्ता कार्यक्रमले बिसेष महत्व राख्ने र जिल्लालाई देश तथा बिदेशमा समेत चिनाउने आयोजकले दावी गरेको छ ।
महोत्सव प्रत्येक वर्ष फरक–फरक जिल्लाको ग्रामीण भेगमा आयोजना हुँदै आएको छ ।
Latest Updates
-
-
‘के घर के डेराः घर नं २’ र ‘हेल्लो काँशीराम’ प्रदर्शनमा, दुबै चलचित्रको बुकिङ कमजोर
-
-
-
‘ऊनको स्वीटर’को व्यापार बढ्दो, दर्शकबाट सकारात्मक प्रतिक्रिया
-
छायाँंछवी डि सिने अवार्डः सौगात र केकी उत्कृष्ट अभिनेता–अभिनेत्री
New Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal
Next Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal