नौ अभिनेत्रीलाई ‘राष्ट्रिय नवदुर्गा सम्मान’

नौ जना अभिनेत्रीहरुलाई ‘तेस्रो राष्ट्रिय नवदुर्गा सम्मान २०७९’ अर्पण गरिएको छ । चलचित्र बिकास बोर्डको सभाहलमा आयोजित एक कार्यक्रमका बिच उक्त सम्मान अर्पण गरिएको हो ।
अभिनेत्रीहरु रेजिना उप्रेती र विमला केसीको कम्पनी रेजिना इन्टरटेनमेन्ट र शहिद फिल्मस्को संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा अभिनेत्रीहरु भारती घिमिरे, झरना थापा, श्वेता खड्का, ऋचा शर्मा, मेनुका प्रधान, प्रियंका कार्की, पूजा शर्मा, शिल्पा पोखरेल र सुहाना थापालाई नवदुर्गा सम्मान अर्पण गरिएको हो ।
सम्मानित अभिनेत्रीहरुलाई प्रमुख अतिथी उपराष्ट्रपति नन्द बहादुर पुनले माला, दोसल्ला र प्रमाणपत्र सहित सम्मान अर्पण गरेका हुन् । कार्यक्रम आयोजक अभिनेत्री रेजिना उप्रेतीले नेपाली चलचित्रलाई प्रतिनिधित्व गर्ने नारीलाई सम्मान गर्न पाउँदा खुसि लागेको बताइन् ।
Latest Updates
New Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal
Next Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal