‘दुई नम्बरी’ निर्देशकको ‘नांगो गाउँ’

‘दुई नम्बरी’ निर्देशक दिपेन्द्र लामाले ‘नांगो गाउँ’ बनाउने भएका छन् । ‘दुई नम्बरी’को ब्यवसायिक सफलता सँगै लामाले निर्देशन गर्न लागेको चलचित्र ‘नांगो गाउँ’मा दयाहाङ राई र मिरुना मगर मुख्य कलाकारका रुपमा फाइनल भएका छन् भने अन्य कलाकार टुङ्गो लाग्न बाँकी नै छ ।
पोलिटिकल स्टोरीको चलचित्रमा लामाकै लेखन रहने छ । मान्छेको लाचारीपन, निर्लज्जता र ढोंगप्रति व्यंग्य गरिने चलचित्रमा दर्शकले हास्य, प्रेम र कारुणिकताको आनन्द लिन पाउने निर्देशक लामाले जनाएका छन् ।
आगामी चैतमा छायांकन सुरु हुने चलचित्र मनिष्मा फिल्म्स् प्रालिको ब्यानरमा निर्माण हुने छ । हिमाल शर्माको प्रस्तुतीमा बन्ने चलचित्रका निर्माता जय श्रेष्ठ हुन् । चलचित्रलाई आरआर फिल्म्स्ले वितरण गर्नेछ ।
Latest Updates
-
‘जन्ते बाख्रो’मा आफ्नो क्यारेक्टर निर्माण गर्ने मौका पाएँः सौगात मल्ल
-
-
-
‘जनै हराएको बाहुन’को नाम परिवर्तन, राखियो ‘जनै हराएको मान्छे’
-
कालिका मन्दिरमा ‘माइतीघर’को शीर्ष गीत ‘वसन्त नै बस्न खोज्छ’को छायाङ्कन
-
New Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal
Next Releases (Jestha 23)
-
Jante Bakhro
Director : Simosh Sunuwar
Casts : Saugat Malla, Aasif Shah, Garima Sharma, Lokendra Lekhak, Bishal Pahadi