‘नालापानी’को ट्रेलर सार्वजनिक
चलचित्र ‘नालापानी’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीवार राजधानीमा आयोजित पत्रकार सम्मेलनका बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।
चलचित्रको ट्रेलरमा सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अङ्ग्रेज–नेपाल युद्धको कथा देखाइएको छ । उक्त युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरको बिरताको कथा चलचित्रले भनेको छ ।
कात्तिक ४ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रलाई रिमेश अधिकारीले निर्देशन गरेका हुन् । ट्रेलर रिलिज कार्यक्रममा निर्देशक अधिकारीले लामो समय अध्ययन र अनुसन्धान गरेर ९ वर्ष लगाएर चलचित्र निर्माण गरेको बताए ।
कार्यक्रममा बोल्दै नेपाल चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले ट्रेलर हेर्दा आफू पनि त्यो युद्धमा सिपाहीको रुपमा कतै लडाई लडिरहेको महसुस भएको बताए । उनले यो चलचित्रलाई एकल प्रदर्शनको सुबिधाका लागि आफुहरुको पहल जारी रहेको जनाएका छन् ।
चलचित्र विकास बोर्डले दुई वर्ष अगाडि विशेष चलचित्र घोषित गरेको ‘नालापानी’को रिसर्च तथा लेखन रिमेश अधिकारी र कृष्ण आचार्यले गरेका हुन् । चलचित्रमा देशभक्त खनाल, अर्जुनजंग शाही, सन्तोष पन्त, मनोज शाक्य, बिशाल पहारी, विजय बिष्फोट, पूजना प्रधान, गीता अधिकारी, हिक्मत थपलिया, शारिता राजोपाध्याय, शहिना भट्टराई, गीत बिष्टका साथै विदेशी कलाकारहरू एन्ड्रोइन डंकन, रेचल मोलेस, पल विकिन्सन र सामलगायतको अभिनय छ ।
‘नालापानी’का एशोसियट निर्माता सपन कुमार थापा, सहनिर्माता गणेश कार्की, कार्यकारी निर्माता घनेन्द्र थपलिया तथा निर्माता मनोज शाक्य र रिमेश अधिकारी हुन् ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
