चलचित्र ‘ममी’को टिजर सार्वजनिक

चलचित्र ‘ममी’को टिजर सार्वजनिक गरिएको छ । समर निरौलाको निर्देशन रहेको चलचित्रको टिजर आइतबार सार्वजनिक गरिएको हो ।
सार्वजनिक टिजरले चलचित्र हरर जनरामा आधारित रहेको संकेत गरेको छ । टिजर हेर्दा यसको कथा परिवारको प्रिय कुकुरको निधनपछि घरमा पालिएको कालो बिरालोले ल्याएको अशान्ति र त्यसले निम्त्याएको विपत्ति वरिपरि घुमेको देख्न सकिन्छ । माघ २५ गते रिलिज हुने चलचित्रमा प्रियङ्का कार्की, दिया मास्के र सुलक्षण भारती लगायतका कलाकारहरूको अभिनय रहेको छ ।
सो ट्वान्टी फाइभको प्रस्तुतिमा निर्माण भएको चलचित्र लोक राज जोशी तथा पूर्णिमा जोशीको लगानी रहेको छ भने कार्यकारी निर्मातामा सुमन कोइराला रहेका छन् । समर निरौला र पूर्णिमा जोशीको लेखन रहेको चलचित्रमा निशाल पौडेल र शरद महतोको संयूक्त छायाँकन, सुरेन महर्जनको सम्पादन, रोहित शाक्यको पाश्र्व संगीत, र एसडी योगीको संगीत रहेको छ ।
Latest Updates
-
-
-
‘यो मन त मेरो नेपाली हो’को प्रिमियर सम्पन्न, चलचित्रकर्मीले गरे तारिफ
-
-
‘क्याप्टेन साब’को शुभमुहूर्त, क्याप्टेन थापाको जीवनीलाई खनालले निर्देशन गर्ने
-
New Releases (Ashad 27)
-
Yo Mann Ta Mero Nepali Ho
Director : Nar Pradhan (Mitra)
Casts : Wilson Bikram Rai, Buddhi Tamang, Bijay Baral, Roshan Shrestha, Ayusha Samal
Next Releases (Shrawn 24)
-
Mohar
Director : Om Prateek
Casts : Benisha Hamal, Paul Shah, Arjun Jung Shahi, Niti Shah, Mithila Sharma -
Cetaamol
Director : Raj Bahadur Sane
Casts : Saugat Malla, Benisha Hamal, Shree Krishna Niraula, Januka Bishwokarma, Lokendra Lekhak