गीति चलचित्र ‘मानिस ठूलो दिलले हुन्छ’को ट्रेलर सार्वजनिक
फिचर चलचित्रको लम्बाईमा संवादसहित निर्माण भएको गीति चलचित्र ‘मानिस ठूलो दिलले हुन्छ’को ट्रेलर सार्वजनिक भएको छ । शुक्रवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरमा जातीय विभेदको दर्दनाक पाटोलाई देखाइएको छ । चलचित्रका अभिनेता अभिनास न्यौपाने र अभिनेत्री श्रेया कार्कीबीचको प्रेमलाई पनि ट्रेलरमा देख्न सकिन्छ ।
चलचित्रलाई देवेन्द्र पान्डेले निर्देशन गरेका हुन् भने मणि नेपाली पनेरु निर्माता हुन् । निर्माता पनेरुले लेखेका ६ वटा लोकगीतमा आधारित भएर चलचित्र निर्माण भएको हो । चलचित्रमा मोहन निरौला, उत्तम केसी, सरु सुनवार, शुभम् आचार्य, सविना न्यौपाने, मणि नेपाली पनेरुको पनि अभिनय छ । चलचित्रको ट्रेलर इन्टरनेटमा भने केहि समय पछि रिलिज गरिने निर्देशक पाण्डेले बताए । पुर्ण नेपालीको संगीत गीतमा राजु परियार, तुलसी पराजुली, देवि घर्ती, निशा देसार, धर्मेन्द्र सेवान, टीका पुन लगायतका गायक गायिकाहरुको स्वर रहेको छ ।
चलचित्रको ट्रेलर सार्वजनिक कार्यक्रममा निर्माता पनेरुद्वारा लिखित चार कृतिहरु उपन्यास ‘सात जुनी’, बालकविता संग्रह 'हाम्रो झन्डा', गीती संग्रह 'स्वर्गको गाथा' र कविता संग्रह 'मुटु हराएको मान्छे' एकसाथ लोकापर्ण गरिएको छ । सूचना, सञ्चार तथा प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले पनेरुको चारवटै कृतिको एकसाथ लोकापर्ण गरेका हुन् ।
नेपाल विश्व सहयोग संघ र सौरपानी मिडियाको आयोजनामा भएको कार्यक्रममा विभिन्न व्यक्तिहरुलाई समेत सम्मानित गरियो । साहित्यकार तथा प्राध्यापक डा. राम प्रसाद ज्ञवाली, समाजसेवी कैलाश कुमार पनेरु, कलाकार मोहन निरौला, चलचित्र पत्रकार जीवन पराजुली, निर्देशक देवेन्द्र पाण्डे, कलाकार उत्तम केसी, नेपाल शिक्षक संघका राजेन्द्रराज पौडेल, गायक पूर्ण नेपाली, मोडल श्रेया कार्की, कलाकार अभिनास न्यौपानेलगायतलाई मन्त्री कार्कीले सम्मान पत्र प्रदान गरेका थिए ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
