लन्जेटिभीले गर्यो वरिष्ठ कलाकार श्रेष्ठलाई निःशुल्क स्वास्थ्य उपचारको घोषणा

ललितपुरको लन्जेटिभी हेल्थ होमले वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई आजिवन निःशुल्क स्वास्थ्य उपचार गर्ने घोषणा गरेको छ । चलचित्र निर्देशक समाजको सहकार्यमा आयोजित निःशुल्क स्वास्थ्य शिविरको अवसरमा उक्त घोषणा गरिएको हो ।
१०० जनाभन्दा बढी चलचित्रकर्मीहरूको सहभागिता रहेको शिविरमा ५६ जना कलाकर्मीको स्वास्थ्य परीक्षण गरिएको थियो । शिविरका संयोजक नेपाल चलचित्र कलाकार सङ्घका निर्वतमान अध्यक्ष रवीन्द्र खड्काले स्वास्थ्य परीक्षणमा ५ हजारदेखि १५ हजार रुपैयाँसम्मको सेवा निःशुल्क प्रदान गरिएको जानकारी दिए ।
लन्जेटिभी हेल्थ होमले आगामी दुई वर्षसम्म चलचित्रकर्मीहररुलाई २० प्रतिशत छुटको सेवा दिने सम्झौता गरिएको छ।
Latest Updates
New Releases (Jestha 23)
-
Jante Bakhro
Director : Simosh Sunuwar
Casts : Saugat Malla, Aasif Shah, Garima Sharma, Lokendra Lekhak, Bishal Pahadi
Next Releases (Jestha 30)
-
Mahabhoj
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Dayahang Rai, Khagendra Lamichhane, Malika Mahat, Gaumaya Gurung -
Viral Gorkhey
Director : Nigam Shrestha
Casts : Saugat Malla, Shristi Shrestha, Buddhi Tamang, Laxmi Giri, Rajaram Poudyal