Mansara

मिसेस नेपाल टुरिजम २०१९ को खोजी सुरु 

२०७५ पौष १०
मिसेस नेपाल टुरिजम २०१९ को खोजी सुरु 

विभिन्न उमेर समुहको सौंन्दर्य प्रतियोगिता आयोजना गर्दै आएको स्टार वन इन्टरटेनमेन्ट प्रालिले विवाहित महिलाहरुलाई लक्षित गरेर मिसेस नेपाल टुरिजम २०१९ आयोजना गर्ने भएको छ ।

‘पर्यटनका लागि संगैं’ भन्ने मुल नाराका साथ विवाहित महिलाहरुलाई सामेल गर्दै उक्त सौन्दर्य प्रतियोगीता आयोजना गर्न लागीएको आयोजक संस्थाका अध्यक्ष पुजा निरौलाले जानकारी दिइन । पर्यटनका लागि नेपालमा प्रचुर सम्भावना भएका हुनाले गर्दा सौन्दर्य प्रतियोगिताले त्यसमा थप टेवा पुर्याउने विश्वासका साथ यो प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

यो प्रतियोगितामा विश्वभरी छरिएका विवाहित महिलाहरुले आफ्नो प्रतिनिधित्व जनाउने सक्ने छन् । कार्यक्रमबाट बाह्य र आन्तरिक पर्यटन प्रबद्धनका लागि महत्वपू्र्ण सहयोग मिल्ने कार्यक्रम निर्देशक बालकृष्ण पोखरेलले बताएका छन् ।

अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगितासँग सहकार्य गर्दै आएको यस प्रतियोगिताका बिजेताले फिलिपिन्समा हुने मिसेस टुरिजम वल्र्डमा सहभागिता जनाउने पनि आयोजक पक्षले जनाएको छ । 

यो प्रतियोगिताको फार खुला गरिएको र यसको अडिसन आगामी १४ पुषमा काठमाडौंको नयाँ बानेश्वर स्थित होटल रानी महलमा हुने आयोजक पक्षले जनाएको छ । प्रतियोगितामा उत्कृष्ट हुने महिलाले विभिन्न पुरस्कारका साथै नेपालको प्रतिनिधित्व गर्दै फिलिपिन्समा आयोजना हुने मिसेस टुरिजम वल्र्ड २०१९ मा सहभागित जनाउने आयोजक आयोजक संस्थाकी अध्यक्ष पुजा निरौलाले बताईन् । विवाहित महिलाहरुको व्यक्तित्व विकास तथा उनीहरुलाई स्वाबलम्बी बनाउनका लागि समेत प्रतियोगिताले सहयोगी भूमिका निर्वाह गर्ने पूजाको विश्वास छ । यो प्रतियोगिताको कोरियोग्राफी अन्तराष्ट्रिय कोरियोग्राफर अश्विनी झाले गर्नेछन् ।

Mahajatra