चलचित्र ‘मीलन’को ट्रेलर सार्वजनिक

चलचित्र ‘मीलन’को ट्रेलर सार्वजनिक गरिएको छ । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।
टेक पौरखी राईको लेखन तथा निर्देशन रहेको चलचित्रको सार्वजनिक तीन मिनेट लामो ट्रेलर अभिनेता सलोन बस्नेत र कुशल शाह ठकुरीको अभिनेत्री शिल्पा थापासँगको प्रेम र बिछोडमा केन्द्रित छ । त्रिकोणात्मक प्रेम कथामा निर्माण गरिएको ‘मीलन’मा सलोन, कुशल र शिल्पासँगै सुमिन गुरुङ, शिशिर बाङ्ग्देल र बिशोल पहाडीको मुख्य भूमिका रहेको छ । यसै चलचित्रबाट अभिनेता कुशल र अभिनेत्री शिल्पाले डेब्यु गर्दैछन् ।
चलचित्रका निर्देशक टेक पौरखी राईले निर्देशन गरेको यो तेस्रो चलचित्र हो । यसअघि उनले ‘मट्टी माला’ र ‘माया पिरिम’ निर्देशन गरिसकेका छन् । निर्देशक राईले यसअघिका चलचित्र जस्तै ‘मीलन’लाई पनि सबैले माया गरिदिने विश्वास ब्यक्त गरे ।
चलचित्रका निर्माता प्रविन थापाले बिशेष गरी युवापुस्ताका लागी मन पर्ने चलचित्र निर्माण गरेको जानकारी दिए । उनले चलचित्र निर्माणमा आगामी दिनमा पनि निरन्तरता दिने बताएका छन् ।
काठमाडौं र कालिन्चोकमा छायांकन गरिएको चलचित्रमा राहुल राईको छायांकन रहेको छ भने तारा किम्बे थापाको सम्पादन रहेको छ । चलचित्रमा भिएफएक्स टंक बहादुर राईको रहेको छ ।
Latest Updates
-
-
‘के घर के डेराः घर नं २’ र ‘हेल्लो काँशीराम’ प्रदर्शनमा, दुबै चलचित्रको बुकिङ कमजोर
-
-
-
‘ऊनको स्वीटर’को व्यापार बढ्दो, दर्शकबाट सकारात्मक प्रतिक्रिया
-
छायाँंछवी डि सिने अवार्डः सौगात र केकी उत्कृष्ट अभिनेता–अभिनेत्री
New Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal
Next Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal