चलचित्र ‘मीलन’को गीत ‘तिम्रो इसारा काफि छ’

चलचित्र ‘मीलन’को गीत ‘तिम्रो इसारा काफि छ’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा प्रबिशा अधिकारी र कौशलराज खड्काको स्वर र राजु सेन्चुरीको शब्द तथा संगीत रहेको छ ।
कबिराज गहतराजको कोरियोग्राफि रहेको गीतको भिडियोमा अभिनेता कुशल शाह ठकुरी र अभिनेत्री शिल्पा थापालाई फिचर्ड गरिएको छ ।
साथै चलचित्रको टिमले टिकटक प्रयोगकर्ताका लागी नयाँ अफर ल्याएको छ । सार्वजनिक उक्त गीतमा टिकटक बनाउने तथा गीतको क्लिप अपलोड गर्नेहरुका लागी नगद सहितको पुरस्कार पाउन सक्ने योजना ल्याएको हो । सार्वजनिक गरिएको गीतको क्लिप काटेर आफ्नै टिकटकमा अपलोड गर्न सकिनेछ । निर्माण टिमले भ्युजको आधारमा उत्कृष्ट ५ छनौट गरेर क्रमशः २५ हजार, २० हजार, १५ हजार, १० हजार र ५ हजार प्रदान गरिनेछ । निर्देशक टेक पौरखी राईका अनुसार राम्रो टिकटक बनाउनेहरुको पनि भ्युज नआउन सक्ने भन्दै टिकटकको भ्युज नहेरेर ‘क्रिएटिभ’ टिकटकलाई स्थान दिइनेछ ।
चलचित्र कात्तिक १८ गतेबाट प्रदर्शनमा आउने छ । कुशल शाह ठकुरी, सलोन बस्नेत र अभिनेत्री शिल्पा थापा बिचको त्रिकोणात्मक प्रेम कथामा निर्माण भएको यस चलचित्रको कथा पनि निर्देशक राईले नै लेखेका हुन् ।
प्रविन थापाको निर्माण रहेको चलचित्रमा राहुल राईको छायांकन र तारा किम्बे थापाको सम्पादन रहेको छ ।
Latest Updates
-
‘जन्ते बाख्रो’मा आफ्नो क्यारेक्टर निर्माण गर्ने मौका पाएँः सौगात मल्ल
-
-
-
‘जनै हराएको बाहुन’को नाम परिवर्तन, राखियो ‘जनै हराएको मान्छे’
-
कालिका मन्दिरमा ‘माइतीघर’को शीर्ष गीत ‘वसन्त नै बस्न खोज्छ’को छायाङ्कन
-
New Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal
Next Releases (Jestha 23)
-
Jante Bakhro
Director : Simosh Sunuwar
Casts : Saugat Malla, Aasif Shah, Garima Sharma, Lokendra Lekhak, Bishal Pahadi