नवलको निर्देशनमा चलचित्र ‘मंगलम २’ बन्ने
चलचित्र ‘मंगलम २’ निर्माण हुने भएको छ । २०७४ सालमा प्रदर्शन भएको चलचित्र ‘मंगलम’को दोस्रो श्रृंखलाका रुपमा यो चलचित्र निर्माण हुनेछ ।
निर्देशक नवल नेपालले निर्माता छविराज ओझासँग चलचित्र निर्माणबारे लिखित सम्झौता भएको आइतबार सार्वजनिक गरेका हुन् । नवलको निर्देशन रहने चलचित्रलाई छविराज ओझा र गुण सिनेमाका दिजेन्द्र शाक्यले निर्माण गर्नेछन् ।
निर्देशक नेपालले फरक कलाकार र फरक कथामा चलचित्र बन्ने जानकारी दिए । जसका कारण चलचित्र सिक्वेल नभएर सिरिज भएको सहजै बुझ्न सकिन्छ । सामाजिक कथावस्तुमा तयार हुने चलचित्रका कलाकार नयाँ हुने जनाइए पनि को हुन् भन्ने खुलाइएको छैन । ‘मंगलम’बाट अभिनेता पुष्प खड्का, अभिनेत्री मिथिला शर्मा र सम्पादक मित्र डि गुरुले राष्ट्रिय चलचित्र पुरस्कार समेत प्राप्त गरेका थिए ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
