‘मैझारो’को गीत ‘तिमीलाई के थाहा सानु’ रिलिज
फिल्म ‘मैझारो’मा समावेश गीत ‘तिमीलाई के थाहा सानु’रिलिज भएको छ । निर्माण पक्षले बडादसैंको फुलपातीको अवसर पारेर ओएसआरको युटुब च्यानलबाट गीत रिलिज गरेको हो । गीतको भिडियोमा फिल्मका मुख्य कलाकार धिरज मगर र मिरुना मगरलाई अभिनय गराइएको छ । जहाँ मिरुना र धिरज प्रेमिल जोडीका रुपमा प्रस्तुत छन् ।
‘मैझारो’ हास्यकलाकार विल्सन विक्रम राई (तक्मे बुढा)को डेब्यु निर्देशकिय फिल्म हो । गीतमा अनमोल गुरुङ र अस्मिता अधिकारीको स्वर सुन्न सकिन्छ भने शब्द संगीत गायक अनमोलकै छ । गीतको एरेन्ज भने रिकेश गुरुङको छ ।
मौलिक प्रेम कथामा आधारित फिल्ममा धिरज,मिरुनाका साथमा दिया पुन, बुद्धि तामाङ, सुनिल थापा, पुस्कर गुरुङ, अभयराज बराल, माउत्से गुरुङ, कविता आले, रजनी गुरुङ, प्रेम सुब्बा, उदय सुब्बा, अनिल सुब्बा, भूपेन्द्र लिङदेन र विशाल लिम्बु लगायतका कलाकारको अभिनय समावेश छ ।
‘तक्मे प्रोडक्सन’ को ब्यानरमा निर्माण भएको फिल्मका गीतमा अनमोल गुरुङ र तोरेम्पाहाङ राईले संगीत भरेका छन् । गायनमा राजेशपायल राई, झुमा लिम्बू, मेलिना राई, अस्मिता अधिकारी लगायतको रहेको छ । सौरभ लामाले छायांकन गरेका फिल्म कार्तिक ७ गतेबाट अल नेपाल रिलिज हुनेछ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
