‘झिँगेदाउ २’मा मुकुन बाहिरिदा भित्रिए महेश
ज्ञानेन्द्र देउजाको निर्देशन रहने चलचित्र ‘झिँगेदाउ २’मा मुख्य अभिनेता हेरफेर भएका छन् । छायांकनको अन्तिम तयारीमा रहेको चलचित्रमा यसअघि अनुबन्धित भएका मुकुन भुषाललाई रिप्लेस गर्दै महेश त्रिपाठी भित्रिएका छन् । निर्देशक र कलाकारबीच छायांकन सेड्युलाई लिएर विवाद हुँदा चलचित्रबाट मुकुनको विकल्प खोज्नु परेको निर्देशक देउजाले बताएका छन् ।
निर्माता समेत रहेका निर्देशक देउजाले मंसिर १५ गते सोमबार शुभमुहूर्त गर्दै चलचित्रको छायांकन सुरु गर्ने भएका हुन् । उनका अनुसार लामो समयदेखि कलाकारको सेड्युलका कारण भनेको समयमा छायांकन हुन सकेको थिएन । सोही विषयमा विवाद भएपछि कलाकार हेरेफेर गरेको उनको भनाई छ ।
कपनगढी सिनेमा प्रालीको व्यानरमा निर्माण हुने चलचित्रमा महेशसहित आर्यन सिग्देल, सरोज खनाल, वरिष्ठ अभिनेत्री बसुन्धरा भुषाल, चैत्यदेवी सिंहलगायतका कलाकारहरु हालसालै अनुबन्धित भएका छन् । यसअघि चलचित्रमा अनुबन्धित भएका केकी अधिकारी, आँचल शर्मा, कुशल विष्ट, अंशु महर्जन, विजय देउजा, संगम भण्डारी, हिउँवाला गौतम, आयन खड्का लगायतका कलाकार भने यतावत् छन् ।
चलचित्रका निर्माता शुलभ प्रतिक देउजा र समीक्षा देउजा हुन् । ईश्वर घिमिरे प्रोडक्सन हेड रहेको चलचित्रमा बिष्णु कल्पितको छायांकन, अर्जुन पोखरेलको संगीत, रोशन श्रेष्ठको द्धन्द्व निर्देशन र मित्र डि गुरुङको सम्पादन रहनेछ ।
आगामी वर्षको दशैंमा रिलिज हुने जनाइएको चलचित्रलाई एप्पल इन्टरटेनमेन्टले देशव्यापी रिलिज गर्नेछ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
