‘महापुरुष’को प्रचारमा हरिबंश देखि रचनासम्मको प्रस्तुति

प्रचारलाई आक्रामक बनाइरहेको चलचित्र ‘महापुरुष’ले विर्तामोडबाट ‘मोफसल टुर’ सुरु गरेको छ । विर्तामोडमा आयोजित कार्यक्रममा चलचित्रका कलाकारहरुले यसको प्रचार गरेका छन् ।
हजारौं दर्शकको उपस्थितिका बिच वानस्टप मलमा आयोजित कार्यक्रममा चलचित्रका कलाकारहरु हरिवंश आचार्य, गौरी मल्ल, राजाराम पौडेल, अरुण क्षेत्री, अञ्जना बराइली, रविन्द्रसिंह बानियाँ लगायतले दर्शकलाई मनोरञ्जन प्रदान गरे । गायिका रचना रिमालको समेत प्रस्तुति रहेको कार्यक्रममा कलाकारहरुले गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।
कार्यक्रमलाई भब्यता दिन स्थानीय कलाकारको समेत प्रस्तुती समावेश गरिएको थियो । कलाकारहरु अरुण र अञ्जनाले नृत्य प्रस्तुत गर्दा हरिबंश र रचनाले गीत प्रस्तुत गरेका थिए । गीत संगीत र नृत्यका माध्यमबाट दर्शकलाई झुमाउन सफल कलाकारहले चलचित्र राम्रो बनेको भन्दै हेरिदिन आग्रह समेत गरेका छन् ।
कात्तिक ११ गतेबाट प्रदर्शनमा आउने चलचित्रले उक्त कार्यक्रम अघि बिर्तामोडमा पत्रकार सम्मेलन समेत गरेको थियो । बिभिन्न स्कूलहरुमा पुगेर चलचित्रबारे जानकारी दएको निर्माण टिमले बिर्तामोडकै डिम्याक्स हलमा पुगेर दर्शकसँग अन्तरक्रिया समेत गरेको थियो ।
प्रदिप भट्टराईको निर्देशन रहेको चलचित्रले मोफसलका बिभिन्न शहरहरुमा पुगि प्रचारात्मक कार्यक्रमहरु गर्ने तय छ । निर्माण टिमले हेटौंडा, नारायणगढ, बुटवल, पोखरा लगायतका सहरमा कार्यक्रम गर्दैछ ।
Latest Updates
-
-
‘के घर के डेराः घर नं २’ र ‘हेल्लो काँशीराम’ प्रदर्शनमा, दुबै चलचित्रको बुकिङ कमजोर
-
-
-
‘ऊनको स्वीटर’को व्यापार बढ्दो, दर्शकबाट सकारात्मक प्रतिक्रिया
-
छायाँंछवी डि सिने अवार्डः सौगात र केकी उत्कृष्ट अभिनेता–अभिनेत्री
New Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal
Next Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal