मोफसल टुर सकेर फर्कियो ‘महापुरूष’ टिम
कात्तिक ११ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘महापुरूष’ मोफसल भ्रमण सकेर काठमाडौं फर्किएको छ । गत असोज २५ मा पुर्वको विर्तामोडबाट सुरुभएको मोफसल भ्रमण ३० गते पोखरामा सकिएको हो ।
मोफसलका दर्शकहरूसँग प्रत्यक्ष रुपमा भेटघाट गर्दै चलचित्रबारे प्रचार गर्न चलचित्रका कलाकारहरु हरिवंश आचार्य, राजाराम पौडेल, गौरी मल्ल, रबिन्द्र सिंह बानियाँ, अरुण क्षेत्री, अन्जना बराईली, कमेडियन सुमन कार्की, गायक निशान भट्टराई, गायिका रचना रिमाल, गायिकाएन्जिला रेग्मी लगायतले मोफसल टुर गरेका थिए ।
‘मोफसलका दर्शकहरूबाट भ्रमणमा पाएको मायालाई शब्दमा व्यक्त गर्न सकिदैन । बढी भन्दा बढी दर्शक भेटेर सद्भाव साटेका छौँ । हाम्रो चलचित्र पारिवारिक कथामा आधारित भएकाले स–परिवारलाई निम्तो गरेका छौँ’, अभिनेता हरिबंश आचार्यले भने । कार्यकारी निर्मातासँगै कलाकार समेत रहेका रबिन्द्र सिंह बानियाँले दर्शक चलचित्र प्रति उत्साहित रहेको बताए ।
प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको चलचित्र षट्कोण आर्ट्स प्रा.लि.को व्यानारमा निर्माण भएको हो । रबिन्द्र सिंह बानियाँ कार्यकारी निर्माता रहेको चलचित्रका निर्माता दिपेश खत्री रहेका छन् ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
