चलचित्र ‘महाजात्रा’को ट्रेलर सार्वजनिक

चलचित्र ‘महाजात्रा’को ट्रेलर सार्वजनिक गरिएको छ । आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनका बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरले चलचित्र सत्ता र पैसामा आधारित रहेको संकेत गरेको छ । ‘जात्रा’ फ्रेन्चाइजको अघिल्ला दुई श्रृंखला पैसा र सुनमा केन्द्रित भएर बनेका थिए । तेस्रो सिरिज कालो धन ब्यवस्थापनको क्रममा भएको जात्रामा आधारित रहेको ट्रेलरले संकेत गरेको छ । ट्रेलरले चलचित्र अघिल्ला सिरिज जस्तै कमेडी रहेको पनि संकेत गर्छ ।
प्रदिप भट्टराईको निर्देशन रहेको चलचित्रमा विपिन कार्की, रविन्द्रसिंह बानियाँ र रविन्द्र झाका साथै राजाराम पौडेल र हरिवंश आचार्यको मुख्य भूमिका रहेको छ । यसका साथै वर्षा राउत, प्रवीण खतिवडा, शिशिर बाङ्देल, दिव्यदेव पन्त, गौमाया गुरुङ, प्रकाश घिमिरे र पुष्कर गुरुङको पनि अभिनय छ ।
निर्देशक भट्टराईले चलचित्रको कथा यसअघिका सिक्वलकै थिममा रहेको बताए । चलचित्रमा हासो र रोदनको मिश्रणलाई मौलिक रुपमा प्रस्तुत गरिएकाले यो शृङ्खला दर्शकको प्रिय बनेको र ‘महाजात्रा’ले त्यही बाटो पछ्याउने उनको दाबी छ ।
म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलको संयूक्त निर्माण रहेको चलचित्रको डायस्पोरा प्रदर्शन अधिकार एमएसएम इन्टरटेनमेन्टले लिएको छ । चलचित्रमा पुरुषोत्तम प्रधानको छायाँकन, कुमार महर्जनको द्वन्द्व निर्देशन, कविराज गहतराजको नृत्य निर्देशन र आशिष अविरल संगीत रहेको छ ।
Latest Updates
-
-
-
-
-
भीपीसी शुल्क २५ प्रतिशत घटाउन निर्माता संघ र डीसीएन बिच सहमत
-
‘परालको आगो’मा कालजयी गीत ‘उडिजाउं भने म पन्छी हैन’ समाबेश हुने
New Releases (Jestha 23)
-
Jante Bakhro
Director : Simosh Sunuwar
Casts : Saugat Malla, Aasif Shah, Garima Sharma, Lokendra Lekhak, Bishal Pahadi
Next Releases (Jestha 30)
-
Mahabhoj
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Dayahang Rai, Khagendra Lamichhane, Malika Mahat, Gaumaya Gurung -
Viral Gorkhey
Director : Nigam Shrestha
Casts : Saugat Malla, Shristi Shrestha, Buddhi Tamang, Laxmi Giri, Rajaram Poudyal