मधुसुदनको चलचित्रमा आर्यन
मधुसुदन भट्टराईको निर्देशन रहने चलचित्रका लागि अभिनेता आर्यन सिग्देल अनुबन्धित भएका छन् । निर्माण पक्षले बुधबार आर्यनलाई अनुबन्ध गरेको हो । सोही चलचित्रमा यसअघि नै अर्का अभिनेता मुकुन भुषाल पनि अनुबन्धित भइसकेको जानकारी गराइएको छ ।
चलचित्रमा लक्ष्मण सुवेदीको लेखन रहने चलचित्रका लागि मुख्य भूमिकामा दुई अभिनेत्रीको भने खोजी भइरहेको जनाइएको छ । फागुन पहिलो साताबाट हुने चलचित्रको नाम भने सार्वजनिक गरिएको छैन ।
जय माँ दुर्गे फिल्म्सको ब्यानरमा बन्ने चलचित्रको निर्मातामा छिरिङ तेन्डुप शेर्पा, विजय चन्द र भुवनकुमार काफ्ले छन् भने भने निर्माण ब्यवस्थापनका लागि सुरज आचार्यसँग सम्झौता भइसकेको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
