‘जेरी अन टप’को गीत ‘कुरौनी’ सार्वजनिक
चलचित्र ‘जेरी अन टप’को दोस्रो गीत ‘कुरौनी’ सार्वजनिक गरिएको छ । गीत तामाङ सेलो शैलीमा आधारित छ । सार्वजनिक गीतमा कालीप्रसाद बाँस्कोटा र सोमिया बराइलीको युगल स्वर र काली स्वयंको शब्द तथा संगीत छ ।
किरण थापाको कोरियोग्राफीमा तयार भएको गीतको भिडियोमा कलाकारहरु अनमोल केसी, आँचल शर्मा, जसिता गुरुङ र केदार प्रसाद घिमिरे (माग्ने बुढा)लाई देख्न सकिन्छ । त्रिकोणात्मक प्रेम देखाउन खोजिएको भिडियोमा अनमोल र जसिताले आकर्षक नृत्य प्रस्तुत गरेका छन् । गीतमा घरजमको प्रस्तावदेखि जागिरसम्मको कुरा गरिएको छ ।
असोज ३१ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रलाई सुयोग गुरुङले नर्देशन गरेका हुन् । चलचित्रमा भुवन केसी, उषा खड्गी लगायतको पनि अभिनय रहेको छ भने अभिनेत्री सुरक्षा पन्त विशेष भूमिकामा छिन ।
्
सरोज न्यौपानेको प्रस्तुति रहेको चलचित्रमा न्यौपानेसँग रोविन शेरचन, रामकृष्ण श्रेष्ठ र दीपक भण्डारीको लगानी रहेको छ । चलचित्रका कार्यकारी निर्माता अनुराधा गिरी र इश्वर श्रेष्ठ हुन् भने एसोसिएट निर्मातामा नविन घिमिरे, विवेक थापा र भविष्य खड्का छन् । हेमराज बिसीको कथा रहेको चलचित्रमा विश्वास तिम्सिनाको पटकथा, दुलिप रेग्मीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, जयन जे वाइबा, कालिप्रसाद बाँस्कोटा, जोहन चाम्लिङ राई र व्रिजेश श्रेष्ठको संगीत छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
