‘मिसिङः केटी हराएको सूचना’को गीत ‘सपनीमा’ सार्वजनिक
आगामी माघ ११ गते रिलिज हुने फिल्म ‘मिसिङः केटी हराएको सूचना’को गीत ‘सपनीमा’ सार्वजनिक भएको छ । ललितपुरको पुल्चोकस्थित लबिम मलमा शुक्रबार एक कार्यक्रमका बीच गीत सार्वजनिक गरिएको हो । गीतमा इन्दिरा जोशी र करण परियारको स्वर तथा करुण थापाको शब्द र संगीत छ । गीतकार थापा २० वर्षपछि यही गीतमार्फत पाश्र्व गीत लेखनमा कमव्याक गरेका हुन् । एकस्टिक नेपालका स्टुडियोमा रेकर्ड गरिएको गीतमा फणिन्द्र राईको एरेन्ज, प्रकाश मिश्रको एरेन्ज तथा दिल समर्पण र राजा बाबुको रेकर्डिङ छ ।
गीतमा फिल्मका प्रमुख कलाकार नाजिर हुसेन र सृष्टि श्रेष्ठ फिचर्ड छन् । नाजिरले परिकल्पना गरेको घर र परिवारबाट सुरुवात भएको गीतमा नाजिर र सृष्टिलाई रोमान्टिक भावमा देखाइएको छ । ग्रामीण परिवेशमा छायांकन गरिएको गीतमा यो जोडीलाई निकै सुहाएको छ । गीतको संगीत, गायन र शब्द अब्बल छ । गीतमा कोरियोग्राफर रामजी लामिछानेले सृष्टि र नाजिरलाई डान्सिङ शैलीमा प्रस्तुत गरेका छन् ।
कार्यक्रममा गायिका इन्दिराले फिल्मले तराईको पात्रलाई हिरोको रुपमा स्थापित गराएको भन्दै राम्रो कथावस्तुको फिल्ममा स्वर दिन पाएकोमा खुशी व्यक्त गरिन् । गायक करणले फिल्ममा पाश्र्व गायनको सपना ‘मिसिङः केटी हराएको सूचना’ले पुरा गरेको खुलाए ।
गीतकार र संगीतकार करुणले फिल्मका निर्देशक दीपैन्द्र गौचन र आफू पुरानो साथी रहेकाले उनकै अनुरोधमा गीत लेखेको बताए । आफूले दीपेन्द्रलाई नेपाल फर्किएर राम्रो कथाको फिल्म बनाउन सधै हौसाइरहने स्मरण गर्दै फिल्मका लागि दुई गीत तयार भए पनि ‘सपनीमा’लाई सबैले मनपराएर गीतमा राखेको खुलाए । करुणले लेखेका गीत ‘आगो लाग्यो दिलैमा’ र ‘बादल वर्षा बिजुली’ लोकप्रिय गीत मानिन्छन् ।
निर्देशक दीपेन्द्र गौचनले संगीतप्रति आफ्नो लगाव पुरानै रहेकाले फिल्मको कथा सुहाउँदो गीत तयार पारिएको बताए । भिडियोका कोरियोग्राफर रामजी लामिछानेले निर्देशक र गीत लेखनमा कमव्याक गरेका दिग्गजसँग सहकार्य गर्न पाउँदा खुशी लागेको बताए ।
ट्राई सिटी पिक्चर्स प्रस्तुतकर्ता रहेको फिल्म ट्राई सिटी पिक्चर्सकै व्यानरमा निर्माण भएको हो । फिल्ममा ३२ वर्षअघिको डकु–ड्रामा ‘उजेली’का निर्देशक दीपेन्द्र गौचनको निर्देशन छ । उनले ‘हाम्रो मुमिन’ डकुड्रामाको पनि निर्देशन गरेका थिए । दीपेन्द्रकै निर्माण रहेको फिल्ममा उनकै स्क्रिप्ट लेखन छ ।
फिल्ममा नाजिर, सृष्टिसँगै सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल र ओमप्रकाश कर्णको अभिनय छ । फिल्ममा अमितेष शाह विशेष भूमिका छन् ।
नकिम उद्दिन कार्यकारी निर्माता रहेको फिल्ममा मनोहर दास मुल, अनिन राजभण्डारी, राजीव थापा, रोबिन थापा, राधेश पन्त, महेन्द्र शाक्य, ज्योतिमान शेरचन, चन्द्र भट्टचन, सञ्जय भट्टचन सह–कार्यकारी निर्माता, अमितेष शाह सहायक निर्माता, दीपेन्द्र गौचनको कथा र लेखन, अमित पोखरेल र अमितेष शाहको सहायक लेखन, अमित पोखरेलको स्क्रिप्ट सुपरभिजन छ ।
फिल्ममा अमर महर्जनको डीओपी, निमेष श्रेष्ठको सम्पादन, शंकर महर्जनको द्वन्द्व, दीपेन्द्र गौचन, प्रवेश मल्लिक र करुण थापाको संगीत, दीपेन्द्र गौचन, अमितेष शाह, करुण थापाको शब्द, सितुसित बस्नेत, रोहित जोन क्षेत्री, प्रवेश मल्लिक, नेहा प्रियदर्शनी, करण परियार र इन्दिरा जोशीको स्वर, राजीव कर्णको कोरियोग्राफी छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
