चलचित्र ‘खुस्मा’को दोस्रो गीत ‘रुकुम मैकोट’ सार्वजनिक
संविधान दिवसको अवसर पारेर असोज ३ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘खुस्मा’को दोस्रो गीत ‘रुकुम मैकोट’ सार्वजनिक गरिएको छ । आइतबार काठमाडौंको कमलपोखरी स्थित बिग मूभिजमा एक कार्यक्रमको आयोजना गर्दै गीत सार्वजनिक गरिएको हो ।
एसडी योगीको संगीत तथा सुरेन्द्र रानाको शब्द रहेको गीतमा संगीतकार योगी र शान्तिश्री परियारको स्वर छ । गीतमा चलचित्रका मुख्य कलाकार धिरज र उपासनासँग अन्य कलाकारहरु फिचर्ड छन् । रिकेश गुरुङ संगीत निर्माता रहेको गीतको भिडियोमा सुरेन्द्र राईको कोरियोग्राफी हेर्न सकिन्छ ।
एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको चलचित्रको लेखन तथा निर्देशन अशोक थापा मगर गरेका हुन् । उनले यसअघि केही डकुमेन्ट्री चलचित्र लेखन तथा निर्देशन गरेपनि यो नै ठुलो पर्दाको पहिलो चलचित्र हो । डकुमेन्ट्री चलचित्रबाट निर्देशक थापाले नौ वटा बिभिन्न अन्र्तराष्ट्रिय चलचित्र महोत्सवमा आवार्ड प्राप्त गरिसकेका छन् ।
चलचित्रमा धिरज र उपासनाका अलवा माओत्से गुरुङ, खड्क बहादुर पुन, सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर लगायतका कलाकारको अभिनय रहेको छ ।
चलचित्रको निर्मातामा विर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, मान बहादुर धनाह मगर र बेतान मगर छन्, भने सहनिर्माता सुस्मिता बुढाथोकी हुन् । चलचित्रमा दिपक बज्राचार्यको छायांकन रहेको छ । मगर समुदायको परिवेशमा निर्माण भएको प्रेमकथामा आधारित चलचित्रले जनयुद्धको प्रभावका बीच अंकुराएको प्रेमलाई पर्दामा देखाउने छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
