चलचित्र ‘खेल’को रिलिज मिति घोषणा गर्दै पोस्टर सार्वजनिक
चलचित्र ‘खेल’को रिलिज मिति घोषणा गर्दै पोस्टर सार्वजनिक गरिएको छ । चलचित्रको रिलिज मिति २०८२ सालको वैशाख १२ गतेलाई तोकिएको छ ।
अनुराग प्रधान र आस्था श्रेष्ठले संयुक्त रुपमा निर्देशन गरेको चलचित्रमा सुरक्षा पन्त, हेना नगरकोटी, मोनिका थापा, समापिका गौतम, निकिता आचार्य, भोला राज सापकोटा, मिथिला शर्मा, सरिता गिरी, किरण श्रेष्ठ, सुहानी खड्का, भवन घिमिरे, सुजन घिमिरे लगायतको अभिनय रहेको छ ।
सिरुपाते कट्स प्रालिले निर्माण गरेको चलचित्रका कार्यकारी निर्माता लुइसराज महर्जन हुन् भने निर्माता आशिषराज महर्जन भने सह निर्माताहरू कुनालराज गुरुङ र रहिशराज महर्जन हुन् । निर्माता लुइसराज महर्जनले विश्वका ठुला चलचित्र उद्योगहरूसँग प्रतिस्पर्धामा आउन सक्ने प्रविधिमा चलचित्र तयार गरिएको बताए । यसको लागि नेपालमा उपलब्ध नभएका क्यामेरा लेन्ससहित केही छायाङ्कन सामग्रीहरू भारतबाट ल्याइएको उनले जनाए ।
चलचित्रमा आशिषराज महर्जनको कथा, अभितेन्द्र र अनुराग प्रधानको पटकथा, विष्णु गैरेको संवाद, रोशन राई र सञ्जय लामाको छायाँकन, आशिषराज महर्जनको सम्पादन र विकल प्रधानको ध्वनि डिजाइन रहेको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
