‘खजुरे ब्रो’को फस्टलुक पोस्टर सार्वजनिक
चलचित्र ‘खजुरे ब्रो’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । निर्माण पक्षले शनिबार फस्टलुक पोस्टर सार्वजनिक सँगै प्रदर्शन मिति घोषणा गरेको छ ।
पूर्वी नेपालमा एथलेटिक्स को महाकुम्भ मानिने ‘धरान रन’ को १२औं संस्करणको अवसरमा धरानबासी थुप्रै दर्शकलाई साक्षी राख्दै पोस्टर सार्वजनिक गरिएको हो। सो असरमा बोल्दै धरान उपमहानगर पालिकाका मेयर हर्क साम्पाङ्गले आफुले पनि अभिनय गरेको र धरानमा नै छायाँकन गरिएको चलचित्रले दर्शक मन जित्ने बताए। सार्वजनिक पोस्टरमा चलचित्रका प्रमुख ४ जना पात्रलाई प्रस्तुत गरिएको छ।
आगामी वैशाख २८ गते प्रदर्शन हुने चलचित्रको मुख्य भूमिकामा रेअर राई, महेश त्रिपाठी, नीति शाह र नवीन मानन्धर रहेका छन् । धरान पुगेर पोस्टर र प्रदर्शन मिति सार्वजनिक गर्दा धरानका दर्शकलाई सम्मान पुगेको कलाकार तथा निर्माता नवीन मानन्धरले बताए। चलचित्रको छायाँकनको क्रममा धरानबासीले धेरै नै सहयोग गरेको हुनाले उहाँहरुलाई धन्यवाद पनि दिने उदेश्यले धरानमै पोस्टर सार्वजनिक गरिएको मानन्धरको भनाई छ । अभिनेत्री नीतिले आफ्नो डेब्यु चलचित्रको सुटिंग सकेर प्रदर्शन मिति समेत सार्वजनिक हुँदा निकै खुसी लागेको बताईन्। धरान संग आफ्नो साइनो जोडिएको र खजुरेको कथाले आफुलाई छोएकोले चलचित्र आफ्नो लागी बिसेष रहेको लेखक तथा निर्देशक सुरज सुनुवारले बताए ।
चलचित्रको टिमले मेयर हर्क साम्पाङ्गको श्रमदान अभियानमा सहयोग गरेको छ । हर्कले श्रमदानमा निर्माण गरिरहेको श्रम संस्कृती पार्कमा पुगेर औजारहरु हस्तान्तरण गरेको छ । उक्त अभियानमा चलचित्रका निर्माता, लेखक तथा निर्देशक सुरज सुनुवार, कलाकार तथा निर्माता नवीन मानन्धर, कलाकार रेयर राई, पुस्कर कार्की तथा धरानका स्थानीय कलाकारहरुको सहभागिता रहेको थियो।
चलचित्रमा प्रकाश भुजेल, विनीता थापा मगर, सुष्मा निरौला, पुष्कर कार्की, मनिष राउत, प्रेम सुब्बा र सुजाता राईको पनि अभिनय रहेको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
