‘ज्वाइँ साब’को ‘कसम बत्तीको’मा जितु र नीतिको बिहे र रोमान्स
चलचित्र ‘ज्वाइँ साब’को पहिलो गीत ‘कसम बत्तीको’ सार्वजनिक गरिएको छ । आज काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै गीत सार्वजनिक गरिएको हो ।
सार्वजनिक गीतमा निशान भट्टराई र समीक्षा अधिकारीको स्वर, यादव लम्सालको शब्द, अर्जुन पोखरेलको संगीत छ । सार्वजनिक गीतको भिडियोमा कलाकारहरु जितु नेपाल र नीति शाहले नृत्य गरेका छन् । बिहेको परिवेशलाई समावेश गर्दै यो गीतको भिडियो तयार पारिएको छ । गीतमा बुद्धि तामाङ, हिमेश पन्त, दीपक आचार्य, रमेश बुढाथोकी लगायतका कलाकार पनि फिचर्ड छन् ।
दशैंको फूलपातीमा रिलिज हुन लागेको चलचित्रलाई बसन्त निरौलाले निर्देशन गरेका हुन् । विजय बस्याल कार्यकारी निर्माता रहेको चलचित्रमा मीनादेवी खड्का, सौगात पण्डित र पदमलाल तामाङको लगानी छ । राजकुमार पण्डितको प्रस्तुति रहेको चलचित्र निमा पाण्डे, शिशिर वाङ्देल, कविता आले, राजकुमार पण्डित, कमलमणी नेपाल, प्रकाश घिमिरे, दीपक अधिकारी, राजेन्द्र नेपाली, सीपी पौडेल, विश्व मुखिया, सुमन राई, रोशन नेपाल, सुनिल तामाङ, नविन काफ्ले, शिवु पाण्डे लगायतको पनि अभिनय छ ।
अर्जुन पोखरेल र महेश ताम्राकारको संगीत रहेको चलचित्रमा संजय थापाको एक्सन, श्याम तामाङको छायांकन र सन्देश शाहको सम्पादन छ । रेड आई फिल्मस्को प्रस्तुति र मौसम फिल्मस्को सहकार्यमा चलचित्र निर्माण भएको हो ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
