चलचित्र ‘कार्साङ्’को फर्स्टलुक पोस्टर सँगै प्रदर्शन मिति सार्वजनिक
चलचित्र ‘कार्साङ्’को फर्स्टलुक पोस्टर सँगै प्रदर्शन मिति सार्वजनिक गरिएको छ । यम शेर्पा निर्देशित चलचित्र पुस २६ गते बाट प्रर्दशन हुनेछ ।
गत साता मात्र छायांकन सकिएको चलचित्रलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् । चलचित्रको छायाँकन सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका, भोटेकोसी गाउँपालिका क्षेत्रमा गरिएको हो ।
यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्म्सको प्रस्तुतिमा चलचित्र निर्माण गरिएको हो । सामाजिक कथावस्तुमा निर्माण भएको चलचित्रमा निर्देशक शेर्पा स्वयंको पटकथा र संवाद छ ।
चलचित्रमा दयाहाङ राई, सिर्जना निङलेखु, जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, प्रेम लोप्चन, डोमा ह्योल्मो, सृष्टि गौतम, छोकी शेर्पा, सुरवीर पण्डित र कर्मा शेर्पाको अभिनय छ ।
पुरुषोत्तम प्रधान निर्माता रहेको चलचित्रमा गोविन्द बोहरा सह–निर्माता, आङछिरिङ शेर्पा कार्यकारी निर्माता र वीरेन्द्र शाही लाइन प्रोड्युसरका रुपमा रहेका छन् ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
