विराजको ‘१२ गाउँ’मा कनिज अनुबन्धित
एक्सन स्टार विराज भट्टको निर्देशन रहने चलचित्र ‘१२ गाउँ’मा कनिज कोइराला अनुबन्धित भएका छन् । कनिज ‘इन्टरनेश्नल म्यानहन्ट नेपाल–२००९’ सँगै पहिलो नेपली ग्ल्याडरक्स मोडलसमेत हुन् ।
नेपाली चलचित्रका लागि कानिज नयाँ भएपनि उनले ‘बाहुबली’ फेम प्रभासको ‘साहो’ तथा अर्का चर्चित दक्षिण भारतीय तेलेगु अभिनेता अधवी शेषको ‘गोडाचरी’ चलचित्रमा खलनायकको भूमिकामा काम गरिसकेका छन् । यसका अलावा उनले अभिनेता विराजसँग भोजपुरी चलचित्रमा ‘वध’मा पनि अभिनय गरेका छन् । कानिजले यो चलचित्रमा पनि खलनायकको भूमिकामा काम गर्नेछन् ।
चैतको दोश्रो साताबाट फ्लोरमा जाने तयारीमा रहेको चलचित्रमा विराजका साथै न्यान्सी खड्काको मुख्य भूमिका रहनेछ । बिराजले यसै चलचित्रबाट छोरा समीर भट्टलाई डेब्यू गराउँदैछन् । चलचित्र विराजको होम प्रोडक्सन विराज भट्ट फिल्म प्रोडक्सन कम्पनीको ब्यानरमा तयार हुनेछ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
