Mansara

‘काँडेतार’ निर्माण टिमले प्रधानमन्त्रीलाई हस्ताक्षर बुझाउने

२०८० फागुन १५
‘काँडेतार’ निर्माण टिमले प्रधानमन्त्रीलाई हस्ताक्षर बुझाउने

चलचित्र ‘काँडेतार’ निर्माण टिमले अन्तराष्ट्रिय सिमानामा काँडेतार लगाउनु पर्ने माग सहित हस्ताक्षर संकलन गरेको छ । निर्देशन तथा कलाकार समेत रहेका नवल खड्काको नेतृत्वमा मंगलबार रत्नपार्कमा हस्ताक्षर संकलन कार्यक्रम गरिएको थियो ।

आफूले चलचित्र ‘काँडेतार’को विशेष शो गर्दा देशभरमा विभिन्न स्थानमा हस्ताक्षर अभियान सन्चालन गरेको र आज थप हस्ताक्षर संकलन गरिएको खड्काले बताएका छन् । उनले संकलन भएको हस्ताक्षर प्रधानमन्त्रीलाई बुझाउने जानकारी दिए ।

चलचित्र ‘काँडेतार’आगामी फागुन २५ बाट प्रदर्शनको तयारीमा छ । चलचित्रमा नवलका अलावा गौरव पहारी, रेविका गुरुङ, सुरविना कार्की, मुरलीधर, प्रेम सुब्बा, परशुराम चौधरी, सञ्जय खतिवडा, राजेन्द्र भगत, पन्नालाल सिकदार, प्रकाश गिरीका साथै बाल कलाकार नादिया खड्का र सनया खड्काले अभिनय रहेको छ ।