बिपिनले शुरु गरे ‘के घर के डेरा’को डविङ
निर्देशम दीपेन्द्र के खनाल निर्देशित सिनेमा ‘के घर के डेरा’को डविङ थालिएको छ । शुक्रबार अभिनेता विपिन कार्कीको भागको डविङ गर्दै सिनेमाको पोष्ट-प्रोडक्सन काम सुरुवात गरिएको निर्माण टिमले जानकारी दिएको छ ।
निर्देशक खनालले आफ्नो सोच अनुसार नै सिनेमा निर्माण भैइरहेको बताए । सिनेमाका कलाकारले आफुलाई राम्रो साथ दिएकाले पनि ‘के घर के डेरा’को रिजल्ट राम्रो निस्किनेमा विस्वस्त रहेको निर्देशक खनालको अनुभव छ । आफ्नो हरेक सिनेमामा दर्शकले पाउने सम्पुर्ण खुराक ‘के घर के डेरा’मा पाउने विश्वास व्यक्त गरे । सिनेमाको आगामी कात्तिक ४ गतेबाट तिहारको अवसरमा रिलिज हुँदैछ ।
ए प्लस इन्टरटेनमेन्दको व्यानरमा निर्माण हुने सिनेमाका कार्यकारी निर्माता युवराज कार्की हुन् । सिनेमामा शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जन निर्माताको रुपमा रहेका छन् । सिंगे लामाको कथा रहेको सिनेमाको पटकथा तथा संवाद महेश दवाडीले लेखेका हुन् । शंकर थापा स्माइलको संगीत, सुब्रत आचार्यको गीत रचना, दिर्घ गुरुङको छायांकन र दिर्घ खड्काको सम्पादन ‘के घर के डेरा’मा रहनेछ ।
सिनेमामा दयाहाङ राई, विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त, रविन्द्र झा, लक्ष्मी गिरी, आशान्त शर्मा, प्रभाकर न्यौपाने लगायतको अभिनय रहने छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
