चलचित्र ‘ज्वाइँ साब’को टिजर सार्वजनिक
चलचित्र ‘ज्वाइँ साब’को टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक टिजर कमेडी फ्लेवरमा निर्माण गरिएको छ ।
टिजरमा मुख्य कलाकार जितु नेपाल केन्द्रमा छन् । उनको साथमा नीति शाह, हिमेश पन्त, बुद्धि तामाङ, प्रकाश घिमिरे र शिशिर वाङ्देल लगायतका कलाकार फिचर्ड छन् । नीतिलाई हात्तीमाथि चढेर बेहुलीको भेषमा सजिएको देखाइएको छ ।
राजकुमार पण्डितको प्रस्तुति रहेको चलचित्रमा मिनादेवी खड्का, सौगात पण्डित र पदमलाल तामाङको लगानी छ । बसन्त निरौलाको निर्देशन रहेको चलचित्र रेड आई फिल्मस्को प्रस्तुतिमा ओएसआर डिजिटल र मौसम फिल्मस्को सहकार्य निर्माण भएको हो ।
विजय बस्याल कार्यकारी निर्माता रहेको चलचित्रमा श्याम तामाङको डीओपी, अर्जुन पोखरेल र महेश ताम्राकारको संगीत छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
