चलचित्र ‘ज्वाइँ साब’को ग्रस कलेक्सन ३ करोड २५ लाख

चलचित्र ‘ज्वाइँ साब’को बक्स अफिस रिपोर्ट सार्वजनिक गरिएको छ । गत असोज २४ गते फूलपातीको दिनबाट रिलिज भएको चलचित्रको आइतबार सार्वजनिक रिपोर्ट अनुसार ३ करोड २५ लाख ग्रस कलेक्सन गरेको छ । दोस्रो सातासम्म आइपुग्दा यो कलेक्सन काठमाडौं उपत्यका र उपत्यका बाहिरको संयुक्त हो ।
दोस्रो सातामा पनि आफुलाई उपलब्ध शोजमा उल्लेख्य अकुपेन्सीका साथ प्रदर्शनरत् चलचित्रलाई वसन्त निरौलाले निर्देशन गरेका हुन् । चलचित्रमा जितु नेपाल, निती शाह, बुद्धि तामाङ, रमेश बुढाथोकी, शिशिर वाङ्देल, प्रकाश घिमिरे, निमा पाण्डे, हिमेश पन्त, शिवहरी वैरागी, राजेन्द्र नेपाली, कविता आले, शिवु पाण्डे, इशान राउत लगायतका कलाकारहरुको अभिनय छ ।
रेड आइ फिल्मसको व्यानरमा निर्माण भएको चलचित्रमा समिर पण्डित, सौगात पण्डित र पदमलाल तामाङको लगानी रहेको छ । राजकुमार पण्डित प्रस्तुतकर्ता रहेको चलचित्रका कार्यकारी निर्माता विजय बस्याल हुन् । चलचित्रमा शंकर धितालको लेखन, सबिन अधिकारीको कथा, श्याम तामाङको छायांकन, संजय थापाको एक्सन र अर्जुन पोखरेल र महेश ताम्राकारको संगीत छ ।
Latest Updates
New Releases (Shrawn 24)
-
Cetaamol
Director : Raj Bahadur Sane
Casts : Saugat Malla, Benisha Hamal, Shree Krishna Niraula, Januka Bishwokarma, Lokendra Lekhak
Next Releases (Bhadra 6)
-
Magne Raja
Director : Rishi Lamichhane
Casts : Kedar Ghimire, Barsha Shiwakoti, Wilson Bikram Rai, Shishir Bangdel, Sharada Giri