शुक्रबारदेखि ‘जीवनसाथी’ चल्ने
प्रेमकथामा आधारित चलचित्र ‘जीवनसाथी’ माघ १३ गतेदेखि प्रदर्शनमा आउने भएको छ ।
दीपक तामाङ लामाले निर्देशन गरेको चलचित्रको मुख्य भूमिकामा किशोर खतिवडा, अर्जुन गुरुङ, जयकिसन बस्नेत, सानिया खान रहेका छन् ।
प्रिन्सराज श्रेष्ठ, भरत कुमार मल्ल, दिपक तामाङ लामाको निर्माण रहेको चलचित्र फायर इन्टरप्राइजेज प्रा.लि. र सिन्का फिल्म प्रोडक्सन प्रा.लि.ले निर्माण गरेको हो ।
भरतकुमार मल्लको प्रस्तुति रहेको चलचित्र मुलुकबाहिर मलेसिया, फ्रान्स, पोर्चुगल, जापानमा समेत विशेष प्रदर्शन हुने निर्देशक लामाले जानकारी दिएका छन् ।
नेपाली तथा तामाङ भाषाको दर्जनौं सफल चलचित्रहरु प्रस्तुत गरिसकेका निर्देशक लामा दर्शकले चलचित्र रुचाउनेमा विश्वस्त छन् । चलचित्रको वितरक आर.आर. फिल्मसको रहेको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
