जितु भन्छन् – ‘ज्वाइँ साब’ टिपिकल चलचित्र हो
कलाकारितामा अभिनयका लागि जितु नेपाल नयाँ होइनन्, तर, मुख्य भूमिकामा चलचित्र भने धेरै खेलेका छैनन् । यसअघि चलचित्र ‘ह्यारी कि प्यारी’मा ‘हिरो’ भएर अभिनेत्री साम्राज्ञी आरएल शाहसँग रोमान्स गरेका जितु यही असोज २४ गते फूलपातीका दिनमा रिलिज हुने चलचित्र ‘ज्वाइँ साब’मा नायिका निती शाहको जोडी बनेर दर्शकमाझ आउँदैछन् ।
चलचित्र ‘ज्वाइँ साब’ मा जितु जोडिनु रोचक कुरा छ । जितुका अनुसार दोस्रो प्रस्तावमा उनी चलचित्रमा जोडिएका हुन् । ‘यो चलचित्रका लागि मलाई धेरै अघि कुरा कुरा आएको थियो । मैले स्क्रिप्ट पनि पढेको थिएँ । तर कार्यक्रमका लागि बाहिर जानु पर्ने भएकाले मैले त्यो बेला भ्याउँदिन भनेको थिएँ’, जितु भन्छन्, ‘चलचित्रका लेखक शंकर धितालसँग एउटा कथामा काम गरिरहेका थियौं । उहाँले ‘ज्वाइँ साब बन्ने भयो । तपाईंलाई नै लिने कुरा छ’ भन्नुभयो । अनि मैले स्क्रिप्ट लिएर आउनु न भनेपछि स्क्रिप्ट पढें । अघिल्लो स्क्रिप्ट भन्दा दोस्रो स्क्रिप्टमा धेरै परिवर्तन भएको रहेछ । निर्माता पनि परिवर्तन हुनुभएछ ।’
जितुले चलचित्रको पहिलो स्क्रिप्ट पढ्दा कथाको मेसो नपाए पनि दोस्रो स्क्रिप्ट पढ्दा कथा मनपरेको खुलाए ।जितुका अनुसार उनको चरित्र र कथा रमाइलो किसिमको छ । ‘जे मान्छेले चाहन्छ, उत्पात गर्छ । त्यो उसले पाउँदैन । त्यो नपाए पछि उसले त्यो काम छोड्छ । तर, फेरी त्यही मै पात्रमाथि आइपुग्छ’, जितु खुल्छन्, ‘टिपिकल चलचित्र छ । कथा सामान्य छ, तर आम दर्शकका लागि कथा फरक लाग्न सक्छ ।’ टिजर र गीतमा जितुलाई बेहुला भएर बेहुलीको घर भित्र्याइएको देखाइएको छ । यो कुरा आफ्ना लागि नौलो भएको जितुको भनाई छ । ‘सामान्यतया दुलही दुलाहाको घरमा भित्रिन्छिन्, तर चलचित्रमा ठीक उल्टो छ । अन्य रोचक कुरा पनि चलचित्रमा छन्’, जितु भन्छन् । केही समयअघि त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा चलचित्रको सुटिङको एक दृश्य सामाजिक सञ्जालमा भाइरल भएको थियो । त्यो दृश्यमा सेतो पहिरनमा जितु हातमा पासपोर्ट र नानी बोकेर भावुक मुद्रामा हिँडिरहेका थिए । उनका पछि नायिका निती पनि सेतो ब्लाउज र हरियो साडीमा नेपाली राष्ट्रिय झण्डा बोकेर भावुक थिइन् । सामाजिक सञ्जालमा यो क्लिप भाइरल हुनुलाई धेरैले चलचित्र प्रमोसनको ‘फण्डा’ पनि भने । तर त्यो बुझाईलाई जितु गलत भन्छन् । ‘हामीले त्यो क्लिप सार्वजनिक गरेका होइनौं । अर्को कुरा त्यो फण्डा पनि होइन । हामीले चलचित्रका लागि चाहिने दृश्य खिचेका हौं । त्यहाँ उपस्थित मानिसहरुलाई भिडियो र फोटो नखिच्न भनेका थियौं । तर मान्छे यति धेरै थिए कि कसलाई फोटो र भिडियो खिच्न रोक्न सक्ने अवस्थै थिएन’, उनी भन्छन् ।
जितुलाई चलचित्रको ‘ज्वाइँ साब’ क्यारेक्टर मनपरेको रहेछ । ‘चलचित्रको प्रमुख पात्र निकै चाख लाग्दो छ । चलचित्रमा अनावश्यक कुराहरु छैन । सोसियल कमेडी छ, कथा सरर एउटै ट्रयाकमा बगेको छ । दर्शकलाई दिक्क लाग्ने केही छैन’, जितु दाबी गर्छन् । उनले दर्शकलाई ‘ज्वाइँ साब’ आफ्ना लागि भन्दा पनि समग्र मनोरञ्जनका लागि हेर्न आग्रह गरे । ‘हाम्रो चलचित्र अहिले चलि आएको चलचित्र भन्दा फरक खालको छ । चलचित्रमा हाम्रो घर, परिवारमा हुने घटनाक्रमलाई हेर्ने र एकैछिन दुःख पीडा भुलाउन तथा रमाइलो मनोरञ्जन लिनका ‘ज्वाइँ साब’ हेर्न आग्रह गर्छु’, जितु भन्छन् । जितुले आफू जबरजस्ती हिरो नभएको दाबी गरे । ‘म हिरो हुँला भन्ने जिन्दगीमा कहिल्यै सोचेको थिइनँ, न अरुले सोचेका थिए । म अहिले हिरो भएँ भनेर एक खालको चलचित्र नगर्ने, कार्यक्रम नगर्ने भन्ने होइन । म कमेडी पेशामा छु । मलाई केन्द्रविन्दुमा राखेर सुहाउने पात्र खडा गरेर कथा लेखिएको भएर नै म चलचित्रमा नायक भएर आएँ । यो मेरो लागि सौभाग्य हो । म भोलि नायकै भएर काम गर्छु भन्ने होइन । आफूलाई फिट हुने चरित्र छ भने सानोठूलो जस्तोसुकै चरित्र निभाउँछु’, उनी भन्छन् । कलाकारलाई कुनै पनि चलचित्र करियरको लागि कोशेढुंगा साबित होस् भन्ने लाग्छ । जितु पनि यो कुरालाई स्वीकार्छन् । मेरो करियरमा यो चलचित्र कोशढुंगा साबित हुन्छ भन्नेमा आशावादी छु किनभने राम्रो कथावस्तुमा मलाई फिट भएको रोल छ । मैले पनि निर्देशकले भने अनुसार कथाको मर्म अनुसार नै अभिनय गरेको छु । म उत्साहित पनि छु’, उनी भन्छन् ।
वसन्त निरौला निर्देशित चलचित्र ‘ज्वाइँ साब’मा जितु नेपाल, निती शाह, बुद्धि तामाङ, हिमेश पन्त, रमेश बुढाथोकी, प्रकाश घिमिरे, शिशिर वाङ्देल, दीपक आचार्यलगायतका कलाकारको अभिनय छ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
