‘झिल्को‘को प्रदर्शन मिति परिवर्तन, वैशाख १९ मा रिलिज हुने
चलचित्र ‘झिल्को‘को प्रदर्शन मिति हेरफेर भएको छ । यादवकुमार भट्टराई निर्देशित चलचित्र आउने वर्ष वैशाख १९ गतेबाट प्रदर्शन हुने भएको छ ।
यसअघि चलचित्रको फस्टलुक सार्वजनिक गर्दै ५ पुसमा प्रदर्शन मिति घोषणा गरिएको थियो ।
चलचित्रको केही दृष्य छायांकन बाँकी रहेकोमा उक्त छायांकन गत आइतबार सम्पन्न भएको निर्देशक भट्टराईले जानकारी दिए । अब पोस्ट प्रोडक्सनमा थप केही काम गर्ने तयारीका साथ मिति सारिएको उनले बताए । ‘पोस्ट प्रोडक्सनमा समय लगाएर मजैले काम गर्ने उद्देश्यका साथ प्रदर्शन मिति धकेलेका हौँ,‘ उनले बताए । झोला र भोरपछि यो उनको तेस्रो निर्देशकीय फिचर चलचित्र हो ।
चलचित्रमा सुनील पोखरेल, वर्षा सिवाकोटी, भोलाराज सापकोटा, विशाल पोखरेल र आयुषी ढकाल प्रमुख कलाकारका रूपमा रहेका छन् । मोबाइल दुर्व्यसनका कारण बालबालिकामा देखिने समस्या र त्यसले परिवार र समाजलाई पार्ने प्रभावबारे चलचित्र बनेको जनाइएको छ ।
‘झिल्को‘ को पटकथा तथा संवाद निर्देशक भट्टराईसहित अरूणदेव जोशी र देवव्रतले तयार पारेका हुन् । निर्माता सुशीला आचार्य र रामगोपाल थापा हुन् भने कार्यकारी निर्माता उमेश पौडेल रहेका छन् । चलचित्रमा दीपक बज्राचार्यको छायांकन, निमेश श्रेष्ठको सम्पादन र चण्डीप्रसाद काफ्ले र दीपक शर्माको संगीत छ । चलचित्र मिडिया फर कल्चर प्रालिको प्रस्तुतिमा बनेको हो ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
