चलचित्र ‘जेरी अन टप’को छायांकन सुरु

अभिनेता अनमोल केसीको मुख्य भूमिका रहेको चलचित्र ‘जेरी अन टप’को छायांकन सुरु गरिएको छ । सोमबार बिहान पाटनस्थित बगलामुखी मन्दिरमा चलचित्रको शुभमुहूर्त गरेपछि निर्माण टिम छायांकनमा निस्किएको हो ।
चलचित्रको शुभमुहूर्तमा निर्माता तथा निर्देशकसँगै मुख्य कलाकारहरु अनमोल केसी, आँचल शर्मा, जसिता गरुङ केदार घिमिरे (माग्ने बुढा), विपना थापा लगायतको उपस्थिति थियो । चलचित्रका कलाकारहरुले मुहूर्तअघि बगलामुखी मन्दिरमा गरिएको विशेष पूजामा सहभागी भएका थिए ।
निर्माता सरोज न्यौपानेले धुलिखेलबाट सुरु भएको चलचित्रको छायांकन त्यहाँ तीन दिन चल्ने बताए । त्यसपछि काठमाडौंमा छायांकन गरेर निर्माण टिम लुक्ला प्रस्थान गर्नेछ । भारतको लद्दाखमा पनि चलचित्रको छायांकन हुनेछ । ६० दिनको छायांकन सेड्युल राखिएको चलचित्रको बजेट ३ करोड अनुमान गरिएको छ ।
त्रिकोणात्मक प्रेमकथामा निर्माण हुने चलचित्रको मुहूर्त समारोहमा बोल्दै अनमोलले पहिलो पटक केदार घिमिरेसँग सहकार्य गर्न पाएकोमा खुसी लागेको बताए । ‘छक्का पञ्जाको हरेक श्रृंखलामा केदार दाईको इन्ट्री हुँदा ताली बजाउनेमा म पनि पर्छु । म उहाँको फ्यान हुँ । उहाँको ऊर्जाबाट पनि म प्रभावित छु ।’ त्यस्तै, केदारले अनमोलको चलचित्र ‘जेरी अन टप’मा जोडिन पाउँदा खुसी लागेको बताए ।
सुयोग गुरुङको निर्देशनमा निर्माण हुने चलचित्रमा भुवन केसी, सुरक्षा पन्त, निर्मल शर्मा, संगीता मगर, सुष्मा निरौला लगायतका कलाकारको पनि अभिनय रहनेछ । चलचित्रमा भुवन र विपनाले अनमोलको बुबा–आमाको भूमिका निर्वाह गर्नेछन् । १८ वर्षपछि उनीहरुले एकसाथ काम गर्न लागेका हुन् । चलचित्रको कथा हेमराज बिसीको हो भने विश्व तिमिल्सेनाको पटकथा लेखन रहेको छ । चलचित्रको संवाद लेखनमा निर्माण टिमले साइग्रेस पोखरेलसँग पनि सहकार्य गरेको छ ।
अनन्या फिल्म्स र भण्डारी मल्टिट्रेडको ब्यानरमा निर्माण हुने चलचित्र आगामी फागुन २ गतेदेखि प्रदर्शनमा आउने छ । उज्जवल जोशीको छायांकन रहने चलचित्रमा सुरेन्द्र पौडेलको सम्पादन रहनेछ । चलचित्रको निर्माणमा सरोज न्यौपानेलाई दीपक भण्डारी, रोबिन सेरचन, रामकृष्ण श्रेष्ठले सघाएका छन् । इश्वर श्रेष्ठ र अनिरुद्र गिरी कार्यकारी निर्माता रहेको चलचित्रमा ओमप्रकाश अग्रवाल र विवेक थापा एसोसिएट निर्माताको रुपमा रहेका छन् ।
Latest Updates
-
-
‘के घर के डेराः घर नं २’ र ‘हेल्लो काँशीराम’ प्रदर्शनमा, दुबै चलचित्रको बुकिङ कमजोर
-
-
-
‘ऊनको स्वीटर’को व्यापार बढ्दो, दर्शकबाट सकारात्मक प्रतिक्रिया
-
छायाँंछवी डि सिने अवार्डः सौगात र केकी उत्कृष्ट अभिनेता–अभिनेत्री
New Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal
Next Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal