‘झिँगेदाउ’को ‘इश्वर सँग पनि’ सार्वजनिक
चलचित्र ‘झिँगेदाउ’को दोस्रो गीत ‘इश्वर सँग पनि’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीत भिडियोमा चलचित्रका चलअचल दृश्य समावेश गरिएको छ । अर्जुन पोखरेलको संगीत तथा प्रमोद ढुंगानाको शब्द रचना रहेको गीतमा कमल खत्री र अस्मिता अधिकारीको स्वर छ ।
ज्ञानेन्द्र देउजा निर्देशित चलचित्रमा केकी अधिकारी, आँचल शर्मा, मुकुन भुषाल, कुशल बिष्ट, हिउँवाला गौतमलगायतका कलाकारको अभिनय रहेको छ । भिमनिधि तिवारीको कथा झिँगेदाउमा आधारित चलचित्र आगामी भदौ १७ गतेबाट रिलिज हुनेछ ।
कपनगडी सिनेमा र फिल्म क्रियु नेपालको ब्यानरमा निर्माण भएको चलचित्रमा प्रदीप भारद्वाजको पटकथा तथा सम्वाद रहेको छ । चलचित्रमा अर्जुन पोखरेलको संगीत, बिष्णु घिमिरेको छायांकन, मित्र डि गुरुङको सम्पादन छ । सुलभ प्रतिक देउजा र समीक्षा देउजा निर्माता रहेको चलचित्रका सहनिर्माताको रुपमा सुशिल दाहाल र ईश्वर घिमिरे रहेका छन् ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
