Mansara

चलचित्र ‘इश्वर’ को छायाँकन समाप्त

२०८० फागुन २०
चलचित्र ‘इश्वर’ को छायाँकन समाप्त

चलचित्र ‘इश्वर’को छायाँकन सकिएको छ । राजु गिरीको निर्देशन रहेको चलचित्रको छायाँकन २७ दिनमा सकिएको हो । कास्किको पोखरा र हेम्जाकोटमा चलचित्रको छायाँकन गरिएको हो ।

लक्ष्मी कुँवर थापाको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा ध्रुब थापा, अनु शाह, पृथ्वीराज प्रसाईं, कृष्टि गुरुङ, सुनिल थापा, सबिन बास्तोला, माओत्से गुरुङ, रबिन्द्र झा, बुद्धि लामा, शिशिर वाङ्देल, गीता अधिकारीलगायतका कलाकारको अभिनय रहेको छ ।

दिव्या कंगना फिल्मसको ब्यानरमा निर्माण भएको चलचित्रको पटकथा एवम् संवाद भोजराज देवकोटाले तयार पारेका हुन् । हरिबहादुर थापा र शंकर गिरी निर्माता रहेको चलचित्रमा अर्जुन पोखरेल, राजेन्द्र बजगाई र वीपी वाग्लेको संगीत, कविराज गहतराज, देवेन्द्र पाण्डे र सुरेश पाण्डेको कोरियोग्राफी, रामेश्वर हुँमागाईको छायांकन र देव महर्जनको द्वन्द्व छ ।